
काठमाण्डु, १० मंसिर– एकीकृत माओवादी, मधेसी दलहरुलगायतको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन पुनः सक्रिय भएको छ । संविधानसभाको निर्वाचनमा पछि परेपछि गठबन्धन सक्रिय भएको हो ।
एमाओवादी तथा मधेसी लगायतका दलहरु जुट्दै गठबन्धनको सोमबार बेलुकी बसेको बैठकले मतपेटिका ल्याउने क्रममा षडयन्त्र गरी धाँधली भएको भन्दै उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै पुनरावलोकनको माग गरिरहेका १० दल सम्मिलित गठबन्धनले देशैभर भएको धाँधलीका प्रमाण संकलन गर्ने र बुधबार निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
निर्वाचन अगाडि गठबन्धनमा रहेका दलहरुले कार्यगत एकता तथा तालमेल गर्ने चर्चा चुलिए पनि तालमेल हुन सकेको थिएन । सबै पार्टीहरुले आ–आफ्नै हिसावले निर्वाचन लडेर हार बेहोरेपछि पुनः एकै स्थानमा आउने बाध्यात्मक परिस्थिति आएको हो ।
उपेद्र यादव र अशोक राई पनि
संघीय गठबन्धनमा यसअघि नभएका दुई पार्टी पनि थप भएको छ । उपेन्द्र यालव नेतृत्वको फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी सोमबारको बैठकबाट गठबन्धनमा प्रवेश गरेको छ ।
गठबन्धनले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति: