समाचार

बसको ठक्करबाट एकजनाको मृत्यु

२०७० मंसिर १३ गते २:५६

काठमाण्डु, १३ मंसिर– काठमाण्डुको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बा २२ प ४१०२ नम्बरको मोटरसाइकललाई लु १ ख ८००३ नम्बरको बसले गएराती ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका नुवाकोटका २५ बर्षीय दीपेन्द्र अधिकारीको...

गोरखा र चितवनमा भैंसी आतंक

२०७० मंसिर १३ गते २:१२

गोरखा, १३ मंसिर–रोगी भैंसीको मासु खाँदा गोरखा र चितवनका गाउँले आतङ्कित भएका छन् । चितवनको दारेचोक–७ स्थित कुरिनघाटमा रहेको साही सप्लायर्सले यही मंसिर ३ गते रेबिज रोग लागेको शंका गरिएको भैंसी काटेर मासु बेचबिखन गरेको भन्दै मासु प्रयोग गर्ने आम जनसमुदायमा त्रास फैलिएको हो...

शान्ति र संविधानप्रति प्रतिबद्ध छौं : विष्टमगर

२०७० मंसिर १३ गते २:०७

बाबियाचौर, १३ मंसिर–एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति इन्चार्ज लोकेन्द्र विष्टमगरले आफ्नो पार्टी शान्ति र संविधान निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् । संविधानसभा निर्वाचनमा म्याग्दी जिल्लामा उम्मेदवार बनी पराजित भएका नेता विष्टले राज्य समितिको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आफूहरु शान्ति र संविधान निर्माणमा...

राष्ट्रपति राख्ने र हटाउनेबारे एमालेभित्र विवाद

२०७० मंसिर १२ गते १७:२०

काठमाण्डु १२ मंसिर-संविधानसभाको दोस्रो निर्वाचन परिणामले दोस्रो पार्टी बनेको एमाले भित्र वर्तमान राष्ट्रपति कायम राख्ने वा हटाएर नयाँ ल्याउने भन्नेमा तीव्र विवाद देखिन थालेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले बर्तमान राष्ट्रपति रामवरण यादवलाई हटाएर ताजा जनादेशका आधारमा नयाँ राष्ट्रपति चयन गर्नुपर्ने धारणा व्यक्त...

नीलकण्ठले देखाए अदालतको बाटो

२०७० मंसिर १२ गते १३:०८

काठमाण्डु, १२ मंसिर– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा धाँधली भएको भए संविधानसभा निर्वाचन अदालतमा जान सुझाव दिएका छन् । एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा उप्रेती अदालत जान भनेका हुन् । ज्ञापनपत्र बुझाउन एमाओवादी अध्यक्ष...

गठबन्धनले आयोगलाई तेर्सायो प्रश्नै-प्रश्न

२०७० मंसिर १२ गते ११:०६

काठमाण्डु, १२ मंसिर– १४ दल सम्मिलित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभा निर्वाचनको मतपरिणामा पूर्वनियोजित र अविश्वसनीय भएको भन्दै उच्चस्तरीय आयोग गठन गरी सरकार निर्वाचन आगोग दुवैले छानबिन गर्नुपर्ने माग गरेको छ । गठबन्धनको बुधबार बसेको बैठकले सरकारसँग आयोगको माग गर्दै निर्वाचन आयोगले पनि धाँधलीको...

छानबिन आयोग बन्दैन, संविधान संसोधन पनि हुँदैनः काँग्रेस-एमाले

२०७० मंसिर १२ गते १०:४३

काठमाण्डु, १२ मंसिर– काँग्रेस र नेकपा एमालेका नेताहरुले एमाओवादीसहितका दलहरुले निर्वाचनमा धाँधली भएको भन्दै गरेको छानबिनको मागलाई अस्वीकार गरेका छन् । उनीहरुले संविधानले नै निर्वाचनको विषयमा उत्पन्न विवाद समाधान गर्न संविधानसभा अदालत गठन गरिसकेकोले त्यसकै प्रक्रियाबाट अघि बढ्नुपर्ने भन्दै राजनीतिक छानबिन आयोग गठन स्वीकार्य...

मर्यादा बिर्सेर राजदूतहरु नेताहरुको घरदैलोमा

२०७० मंसिर १२ गते १०:१९

काठमाण्डु, १२ मंसिर– नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको कुरा समयसमयमा चर्को रुपमा उठ्ने गरेकामा निर्वाचन सकिएलगत्तै विभिन्न देशका राजदूत दलका नेताहरु निवासमै लर्को लागेर पुगेकाले विगतका चर्चालाई पुष्टि गरेको महसुस हुन थालेको छ । नेपालस्थित कूटनीतिक नियोग एवम् दूतावासका प्रमुख एवम् प्रतिनिधिले दलका नेता या...

ड्राइभिङ लाइसेन्स दिने काम अझै सुचारु भएन

२०७० मंसिर १२ गते ९:५७

दाङ, १२ मंसिर– यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा विगत नौ महिनादेखि रोकिएको सवारी चालकको अनुमतिपत्र वितरण अझै सुचारु हुन सकेको छैन । सुधारात्मक प्रक्रियासहित सवारीचालक अनुमतिपत्र दिने भन्दै दाङ जिल्लालगायत मुलुकभरि त्यसको तयारीका लागि विगत नौ महिनादेखि सवारी चालक अनुमतिपत्र वितरणको परीक्षा रोकिएको हो...

संविधानसभामा जान सक्छौं : गुरुङ

२०७० मंसिर १२ गते ९:४८

भक्तपुर, १२ मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभा निर्वाचनमा जित्ने ठूला दल सहमतिमा जान चाहे आफ्नो पार्टी पनि संविधानसभामा जानसक्ने बताएका छन् । उनले राष्ट्रिय स्वाधीनता प्राप्त उपलब्धिलाई रक्षा गर्नेगरी नयाँ शिराबाट सहमति गरे आफूहरु संविधानसभामा जान तयार रहेको बताएका हुन् । उनले भने,...

सहमति नभएमा अन्य बाटोबाट सरकार गठनः खनाल

२०७० मंसिर १२ गते ९:३२

काठमाण्डु, १२ मंसिर– एमाले अध्यक्ष झलनाथ खनालले नयाँ सरकार गठनका लागि काँग्रेस–एमालेले सहमति खोज्ने र सहमति नभएमा अन्य बाटो अवलम्बन गर्ने बताएका छन् । उनले एमाले र नेकालाई नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्ने र नयाँ संविधानमा बनाउन हरेक विषयमा सहमतिका साथ अगाडि बढ्ने...

सुरक्षाका लागि सीमा सशस्त्र प्रहरी

२०७० मंसिर १२ गते ९:१०

चितवन, १२ मंसिर– चितवनको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप र सीमा सुरक्षालाई मध्यनजर गर्दै माडीका दुई स्थानमा सशस्त्र प्रहरीको बेसक्याम्प राखिने भएको छ । माडीको अयोध्यापुरी गाविस–९ बादर झुला र बघौडा गाविस–१ छरछरेमा बेसक्याम्प (बिओपी) राख्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । दुई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us