नीलकण्ठले देखाए अदालतको बाटो

काठमाण्डु टुडे २०७० मंसिर १२ गते १३:०८ मा प्रकाशित

Nilkantha-Upretiकाठमाण्डु, १२ मंसिर– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा धाँधली भएको भए संविधानसभा निर्वाचन अदालतमा जान सुझाव दिएका छन् ।

एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा उप्रेती अदालत जान भनेका हुन् । ज्ञापनपत्र बुझाउन एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सम्मिलित सबै दलका शीर्ष नेताहरु आयोग पुगेका थिए ।

निर्वाचनमा भएको धाँधली निर्वाचन आयागले छानबिन गर्न नमिल्ने र नगर्ने भन्दै अदालतको बाटो देखाएका हुन् । निर्वाचनको मतपरिणाम पूर्वनियोजित भएको भन्दै १४ दल सम्मिलित गठबन्धनले आयोगको तर्फबाट पनि धाँधलीको छानबिन हुनुपर्ने भन्दै पुनरावलोकनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us