
काठमाण्डु, १३ मंसिर– काठमाण्डुको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बा २२ प ४१०२ नम्बरको मोटरसाइकललाई लु १ ख ८००३ नम्बरको बसले गएराती ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका नुवाकोटका २५ बर्षीय दीपेन्द्र अधिकारीको मृत्यु भएको हो । मोटरसाइकल चालक अच्युत नेपाल गम्भीर घाइते भएका छन् । उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।