समाचार

पशुपतिको महास्नान घर सङ्ग्रहालय बन्दै

२०७० मंसिर १४ गते ७:२९

काठमाण्डु, १४ मंसिर– पशुपति क्षेत्र विकास कोषले चाँडै पशुपति सङ्ग्रहालय सञ्चालन गर्ने भएको छ । करिब दश हजार वर्गफिटको क्षेत्रफलमा फैलिने सङ्ग्रहालयमा पशुपतिनाथको उद्भवसम्बन्धी कथाप्रसङ्गका भित्तेचित्र, सो क्षेत्रमा असरल्ल परेका विभिन्न प्रस्तर तथा काष्ठकलासम्बन्धी मूर्ति र वृत्तचित्रसमेत राखिने कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी...

संविधान जारी नभएसम्म राष्ट्रपति फेरिंदैन: सिटौला

२०७० मंसिर १४ गते ७:११

झापा, १४ मंसिर– कांग्रेस महामन्त्री कृष्ण सिटौलाले नयाँ संविधान जारी नभएसम्म रामवरण यादव नै राष्ट्रपति कायम रहने बताएका छन् । संविधानसभा निर्वाचनमा झापा–१ बाट विजयी भएका सिटौलाले मतदातालाई धन्यवाद दिन जिल्लाको जलथल गाविस पुगेका बेला सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । संविधानसभाबाट नयाँ संविधान जारी...

नेताहरुले पारिश्रमिकबाट बालबालिका पढाउने

२०७० मंसिर १४ गते ४:५५

गुल्मी, १४ मंसिर–गुल्मीका दुई पार्टीका केन्द्रीय सदस्यले शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई पढाउन आफ्नो पारिश्रमिक खर्चिने बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले आफ्नो पारिश्रमिक बालबालिका पढाउनमा खर्च गरिने प्रतिबद्धता जनाएका हुन् । नेपाली काँग्रेसका...

यस वर्षको एसएलसी चैत ६ देखि

२०७० मंसिर १४ गते ४:३९

काठमाण्डु, १४ मंसिर – यस वर्षको एसएलसी परिक्षा चैतको ६ गतेदेखि हुने भएको छ । एसएलसी परिक्षा बोर्डको बैठकले चैतको ६ गतेदेखि १४ गतेसम्म परिक्षा सन्चालन गर्ने निर्णय गरेको हो । गत वर्ष चैतको १ गतेबाट परिक्षा भएको थियो । एसएलसीलाई उच्च शिक्षा अध्ययनको...

शल्य चिकित्सा सम्मेलनमा नेपाली कार्यपत्र

२०७० मंसिर १४ गते ३:२६

काठमाण्डु, १४ मंसिर–काठमाण्डुमा जारी सार्क क्षेत्रका शल्य चिकित्सकहरुको सम्मेलनमा शुक्रबार बिभिन्न बैज्ञानिक कार्यपत्रहरुमाथि छलफल भैरहेको छ । नेपालका तर्फबाट डा. उपेन्द्र देवकोटाले ब्रेन डेथका बारेमा र डा. सुनिल शर्माले पेङ्क्रियाजका बारेमा कार्यपत्र प्रस्तुत भएको नेपाल शल्य चिकित्सक समाजका महासचिव प्रा.डा. रामेश्वर पोख्रेलले जानकारी दिए...

आज महिला मानव अधिकार रक्षक दिवस

२०७० मंसिर १४ गते ३:२२

काठमाण्डु, १४ मंसिर–महिला मानवअधिकार रक्षक दिवस शुक्रबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघसंस्थाले यो दिवसलाई महिला हिंसा विरुद्धको सोह्र दिने अभियान अन्तरगत मनाउन लागेका हुन् । महिला हिंसा विरुद्धको सोह्र दिने अभियान...

एक दर्जन दलित परिवार पानीबाट वञ्चित

२०७० मंसिर १४ गते २:५२

कञ्चनपुर, १४ मंसिर–शुल्क तिर्न नसक्दा कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रम्हदेवका १५ दलित परिवार खानेपानी पाउनबाट वञ्चित रहेका छन् । ब्रम्हदेव खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आबद्ध दलित परिवारले घर नजिकै खानेपानीको ओभरहेड ट्याङ्की बनेको भए पनि आर्थिक अभावका कारण खानेपानी पाउनबाट वञ्चित रहनुपरेको बताएका छन् ।...

एक हजार चार सय बिरामीको स्वास्थ्य जाँच

२०७० मंसिर १४ गते २:४१

दमौली, १४ मंसिर–नेपाल कोरिया संयुक्त स्वास्थ्य विकास कार्यक्रमअन्तर्गत एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चद्वारा तनहुँको भानु–६ नरेश्वटारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बिहीबारसम्म एक हजार ४०० बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । कोरियन चिकित्सकको टोलीले ती बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा पेटसम्बन्धी...

रौतहटमा सबैभन्दा कम साक्षर

२०७० मंसिर १४ गते १:४१

गौर, १४ मंसिर– रौतहट जिल्ला देशमै कम साक्षर भएको जिल्लाको रुपमा घोषित भएको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार रौतहटका ३६ प्रतिशत अर्थात ८४ हजार बालबालिका अझै पनि विद्यालयको पहुँचभन्दा बाहिरै रहेका छन् । सरकारले प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गरे...

काँग्रेसका आठ जना स्पष्टीकरणमा १५ जना कार्वाहीमा,६ नाबालकको उद्धार

२०७० मंसिर १३ गते १६:४९

रौतहट, १३ मङ्सिर-नेपाली काँग्रेस पार्टी रौतहटका क्षेत्र न १ का सभासद्का उम्मेदवार सन्तलाल साहलाई पार्टीकै कार्यकर्ताले अन्तर्घात गरी हराएको आरोप लगाउँदै उम्मेदवार साहले क्षत्रीय कार्यालयमा उजुरी दिएपछि क्षेत्रीय पार्टी कार्यालयले आठ जना कार्यकर्तासँग स्पष्टीकरण माग गरेको छ । क्षेत्रीय अध्यक्ष श्रीराम राय यादवद्वारा हस्ताक्षरित...

काँग्रेस र एमालेबीच भित्री समझदारी

२०७० मंसिर १३ गते १४:१२

काठमाण्डु, १३ मंसिर– काँग्रेस र एमालेले निर्वाचनमा जनताले दिएको जनादेशलाई ठूलो जिम्मेवारीका रुपमा लिँदै सरकार गठन र संविधान निर्माणमा मिलेर काम गर्ने आन्तरिक समझदारी गरेका छन् । निर्वाचनमा पहिलो र दोस्रो ठूलो दल बनेपछि पहिलो पटक दुवै दलका शीर्ष नेताबीच आज भएको छलफलमा काँग्रेस...

१२ कक्षाको मौका परीक्षाको रिजल्ट आयो

२०७० मंसिर १३ गते ११:०१

काठमाण्डु, १३ मंसिर– उच्च माध्यमि शिक्षा परिषदले कक्षा १२ को मौका परीक्षाफल निकालेको छ । मौका परीक्षामा ८४ दशमलव ९७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमित परीक्षामा एक विषय अनुत्तीर्ण भएकाको गत कात्तिक ९ गते लिएको मौका परीक्षामा २५ हजार ७ सय १५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us