नेताहरुले पारिश्रमिकबाट बालबालिका पढाउने

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ४:५५ मा प्रकाशित

गुल्मी, १४ मंसिर–गुल्मीका दुई पार्टीका केन्द्रीय सदस्यले शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई पढाउन आफ्नो पारिश्रमिक खर्चिने बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले आफ्नो पारिश्रमिक बालबालिका पढाउनमा खर्च गरिने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य भण्डारीले संविधानसभामा आफ्नो तलबबापत आउने रकम गरिबका छोराछोरीलाई पढाउनका लागि खर्च गर्ने बताए । अहिले पनि दलित तथा गरिब वर्ग शिक्षाको ज्योतिबाट टाढा रहेकाले आफूले आफ्नो तलबबापतको रकम उनीहरूको शिक्षामा खर्च गर्ने उनको भनाइ छ ।

यसैगरी, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य क्षेत्रीले पनि आफूले विभिन्न पत्रपत्रिकामा लेखेको लेखबापत पाउने पारिश्रमिकले दलित विद्यार्थीलाई पढाउने बताएका छन् । दलित विद्यार्थी शिक्षाबाट वञ्चित भएकाले अति विपन्न दलित परिवारका जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर आफूले दलितलाई पढाउने अठोट लिएको उनले जानकारी दिए । ‘दलितलाई कतिले चुनावमा भोट ब्याङ्कको रुपमा मात्रै प्रयोग गर्छन् तर हामी व्यवहारमै उनीहरूको हितको काम र अधिकारको लागि नीति निर्माण गछौ्रं,’ क्षेत्रीले भन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us