
गौर, १४ मंसिर– रौतहट जिल्ला देशमै कम साक्षर भएको जिल्लाको रुपमा घोषित भएको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार रौतहटका ३६ प्रतिशत अर्थात ८४ हजार बालबालिका अझै पनि विद्यालयको पहुँचभन्दा बाहिरै रहेका छन् ।
सरकारले प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गरे पनि रौतहटमा सो अभियान प्रभावकारी नहुनाले प्रत्येक वर्ष विद्यालय बाहिर विद्यार्थीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
९६ गाविस तथा एक नगरपालिका रहेको रौतहट जिल्लामा प्रत्येक वर्ष विद्यालय विद्यार्थी भर्ना अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालयबाट लाखौं रकम खर्चिए पनि कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन नहुँदा बालबालिका शिक्षा लिनबाट वञ्चित भएका हुन् ।
जिल्लामा ८४ हजार बालबालिका शिक्षाबाट बाहिर रहनु विडम्बना रहेको शैक्षिक क्षेत्रका अनुभवी बिन्दा सहनीले बताइन् ।