काँग्रेस र एमालेबीच भित्री समझदारी

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १४:१२ मा प्रकाशित

sushil jhalanathकाठमाण्डु, १३ मंसिर– काँग्रेस र एमालेले निर्वाचनमा जनताले दिएको जनादेशलाई ठूलो जिम्मेवारीका रुपमा लिँदै सरकार गठन र संविधान निर्माणमा मिलेर काम गर्ने आन्तरिक समझदारी गरेका छन् ।

निर्वाचनमा पहिलो र दोस्रो ठूलो दल बनेपछि पहिलो पटक दुवै दलका शीर्ष नेताबीच आज भएको छलफलमा काँग्रेस र एमालेले यस्तो समझदारी तय गरेका हुन् । काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच विहिबार साँझ कोइराला निवासमा भएको भेटवार्तामा सरकार गठन, संविधान लेखन र देशका सबै समस्या समाधान गर्न  आन्तरिक समझदारी गरेर अघि बढ्ने प्रतिवद्वता गरेका हुन् ।

निर्वाचन परिणामले काँग्रेस ठूलो दल बनेको भन्दै सो भेटवार्तामा काँग्रेसलाई सरकारको नेतृत्व गर्न एमाले खनालले प्रस्ताव गरेका थिए । खनालले भने, ‘निर्वाचन परिणामले काँग्रेस ठूलो दल बनेको छ यसैले सरकारको नेतृत्व काँग्रसले नै गर्छ ।’ संविधानसभा र सरकार गठनका विषयमा नेतृत्वदेखि शक्ति बाँडफाँडमा कुन पार्टीले के जिम्मेवारी लिने भन्ने विषयमा अनेक अड्कालबाजी भइरहेको बेला उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us