समाचार

दुर्घटनामा ६ जनाको मृत्यु,२३ जना घाइते

२०७० मंसिर १४ गते १४:४२

काठमाण्डु, १४ मंसिर– बिभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको मध्यविन्दुमा शुक्रबार विहान भएको बस दुर्घटनामा दुईजना बालकको घटनास्थलमै मृत्यु भएको छ । झण्डै ४४ जना घाईते भएका छन् । घाईते...

काँग्रेस एमालेका सभासदलाई संबिधान नबन्ने चिन्ता

२०७० मंसिर १४ गते १४:४०

गुल्मी,१४ मङ्सिर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम गुल्मी–२ का संविधानसभा सदस्य चन्द्र भण्डारीले राजनीतिक दलमा सत्ता लिप्साको प्रवृत्ति बढेकाले आफूलाई फेरि देश बिग्रने डर लागेको बताएका छन । गुल्मीको तम्घासमा आयोजित सम्मान कार्यक्रममा उनले भने“अब मन्त्री बन्न आपसमा लडाइँ हुन्छ, यस्तो संस्कारको अन्त्य नभए जनताको...

अनौठो कुरा होइन काँग्रेसले सरकार बनाउनु

२०७० मंसिर १४ गते १४:०७

काठमाण्डु, १४ मंसिर– एमाले नेता केपी शर्मा वलीले ठूलो दलको रुपमा काँग्रेसले सरकारको नेतृत्वको दावी गर्नु अनौठो नभएको बताएका छन् । ओलीले उत्तिकै हैसियत भएको एमाले र पहिलो दल बनेको काँग्रेसबीच एक आपसमा सहमति गरेर अहिलेको निकास निकालिनु पर्ने बताए । काँग्रेस सभापति सुशील...

हतियार बुझाइसकेका भगत सिंह पक्राउ

२०७० मंसिर १४ गते १३:४४

नेपालगञ्ज, १४ मंसिर– शान्ति वार्तामा आएर हतियार बुझाइसकेको भूमिगत समूहका नेता भगत सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल–भारत सीमा जमुनाह नाकछेउ दशगजाबाट पक्राउ गरेको हो । हतियार बुझाएपनि उनीमाथिको मुद्धा फिर्ता नभएका कारण शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ । सिंहका...

अर्थमन्त्री बेलायतीसँग, अर्थसचिव जापानीसँग

२०७० मंसिर १४ गते १३:०८

काठमाण्डु, १४ मंसिर– अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाले विश्व व्यापार संगठनको नवौँ वाणिज्य मन्त्रीस्तरीय बैठकमा आफ्नो एजेण्डा सशक्तरुपमा उठाउने बताएका छन् । नेपालका लागि बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्कसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले अति कम विकसित मुलुकहरुको अध्यक्षता गर्ने...

सूचनाको हकका लागि पहलकदमीमा जोड

२०७० मंसिर १४ गते १२:२४

ललितपुर, १४ मंसिर– सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले सूचनाको हकको लागि नागरिक सचेतना आवश्यक पर्ने बताउँदै त्यसका लागि सरकारलगायत सरोकारवाला पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री पौडेलले मुलुकमा राजनीतिक निकासको वातावरण सिर्जना भइसकेकाले अब बन्ने सरकारले सञ्चार क्षेत्रलाई थप गतिशील तुल्याउने...

कमल थापाले भनेः राष्ट्रपति फेर्नुपर्छ

२०७० मंसिर १४ गते १०:५७

काठमाण्डु, १४ मंसिर– संविधानसभा निर्वाचनपछि चौथो राजनीतिक शक्ति बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ निर्वाचनको जनादेश अनुसार संवैधानिक पद र अन्य सरकारी अंगहरुको नियुक्ति नयाँ गरिनुपर्ने बताएका छन् । राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा नयाँ संविधानसभाले परिवर्तन गर्नुपर्ने भन्दै राप्रपा नेपाल राष्ट्रपति फेर्ने पक्षमा...

एसएलसीको रुटिनसँगै परीक्षा नियन्त्रकमा आए द्वारे

२०७० मंसिर १४ गते १०:१५

काठामाण्डु, १४ मंसिर– शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक कार्यालय, सानोठिमीको नियन्त्रकमा सहसचिव विष्णुबहादुर द्वारेलाई नियुक्त गरेको छ । यसअघिका नियन्त्रक खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । बिहीबार बसेको परीक्षा नियन्त्रण बोर्डको बैठकले यस वर्षको प्रवेशिका परीक्षाका आगामी चैत ६ गतेदेखि हुने निर्णय गरेपछि...

हावा र हात्तीले पुर्‍याए स्कुललाई चउरमा

२०७० मंसिर १४ गते १०:१४

सप्तरी, १४ मंसिर– हावाहुरीले विद्यालयको छाना लडाएपछि र हात्तीले विद्यालय भत्काएपछि सप्तरीको एक ग्रामीण भेगको विद्यालयका बालबालिका डेढ वर्षदेखि चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालय भवनको अभावमा कमलपुर गाविस–४ मलाहा टोलमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिका डेढ वर्षदेखि चौरमा बसेर पढ्न...

मनोरञ्जन थलोका कारण काभ्रेमा एचआइभी फैलिँदै

२०७० मंसिर १४ गते १०:०२

बनेपा, १४ मंसिर । विदेश गएका श्रीमानसँगको यौन सम्पर्क र यौनकर्मीसँग भएको यौन सम्बन्धका कारण काभ्रेमा एचआइभी सङ्क्रमित बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार गत वर्ष २२८ जनामा एचआइभी सङ्क्रमित रहेको काभ्रेमा अहिले २५ जना बढेर २५३...

राष्ट्रपतिबारे काँग्रेस-एमालेका नेताबीच विवाद

२०७० मंसिर १४ गते ९:१२

काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका सचिव शंकर पोखरेलले अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने भए पनि फ्रेस म्याण्डेड अनुसार चल्नुपर्ने बताएका छन् । निर्वाचनले फ्रेस म्याण्डेड दिएको भन्दै राष्ट्रपतिको विषयलाई पनि सोही अनुसार टुङग्याउनु पर्ने उनले बताएका हुन् । नेता पोखरेलले भने, ‘नयाँ राष्ट्रपति बनाउने वा...

दुवै माओवादी साथमा लिनुपर्छः नेपाल

२०७० मंसिर १४ गते ९:०८

पर्सा, १४ मंसिर । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुवै माओवादी र मधेसवादी दलहरुलाई पनि साथमा लिएर एक वर्षभित्र संविधान जारी गर्नुपर्ने बताएका छन् । एमाले पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले काँग्रेस र एमालेलाई जनताले सँगै मिलेर जान मत दिएका कारण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us