समाचार

संविधानसभामा महिला सहभागिता बढाउन माग

२०७० मंसिर १६ गते २:१७

विराटनगर, १६ मंसिर–दोस्रो संविधानसभामा महिलाको सहभागिता बढाउन महिला नेत्री र अधिकारकर्मीहरुले माग गरेका छन् । विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महिला अधिकारकर्मी र राजनीतिक दलबाट समानुपातिकतर्फका उम्मेदवारहरुले प्रत्यक्ष निर्वाचनबाट संविधानसभामा जाने महिला सभासदको सङ्ख्या अत्यन्तै न्यून रहेको भन्दै समानुपातिक र मनोनितमा बढीभन्दा बढी महिला...

गोरखामा न्वागी पर्वको रौनक

२०७० मंसिर १६ गते २:१४

गोरखा, १६ मंसिर–जिल्लाको ताकुकोटस्थित माई भगवती मन्दिरमा बर्सेनि हुने न्वागी जात्रा यो वर्ष पनि धुमधामसँग मनाइएको छ ।  स्थानीय कला र संस्कृतिको संरक्षणका लागि यहाँ हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । मेला भर्न छिमेकी जिल्ला धादिङ, लमजुङलगायतका श्रद्धालुहरु आउने गर्दछन् । पर्वको अवसरमा...

निर्वाचन आयोगको सर्कुलर पेरिसडाँडामा सार्वजनिक

२०७० मंसिर १५ गते १७:०६

काठमाण्डु १५ मंसिर संबिधानसभा निर्वाचन भन्दा दुई दिन अघि निर्वाचन आयोगले जारी गरेको सर्कुलर एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सार्वजनिक भएको छ । सो पार्टीको केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पढेर सुनाएको सो १० बुँदे सर्कुलर शनिवार प्रवक्ता अग्नी सापकोटाले पत्रकारहरुलाई पनि पढेर सुनाएका थिए...

भारतबाट फर्केपछि प्रचण्डले भनेः कुनै राजनीतिक भेट भएन

२०७० मंसिर १५ गते १४:१५

काठमाण्डु, १५ मंसिर– छोरीको स्वास्थ्य अवस्था बुझ्न भारत गएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । प्रचण्ड दिउँसो अपरान्ह स्वदेश आइपुगेका हुन् । बिरामी छोरी भेटेर फर्केका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिक भ्रमणमा नगएको बताउँदै विशुद्ध पारिवारिक भेटघाटका लागि भारत...

हत्या कि आत्महत्या : अनुसन्धान सुरु

२०७० मंसिर १५ गते १३:२०

स्याङ्जा, १५ मंसिर– स्याङ्जाको दक्षिणपूर्वी गाविस चापाकोटमा गत कात्तिक १२ गते दुई जनाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक समितिले छानबिन सुरु गरेको छ । पुनरावेदन अदालतका पूर्व न्यायाधीश कृष्णप्रसाद बस्यालको संयोजकत्वमा सरकारले गठन गरेको पाँच सदस्यीय न्यायिक समितिले...

राजनीतिक स्थायित्व जरुरी: नेता भट्ट

२०७० मंसिर १५ गते १३:१७

काठमाण्डु, १५ मंसिर– एनेकपा माओवादीका नेता लेखराज भट्टले दलीय सहमतिबाट मुलुकको संविधान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम समाजले सो क्षेत्रको कला, सँस्कृति तथा विविधतालाई समेटेर शुक्रबारदेखि आयोजना गरेको फोटो प्रदर्शनीको समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले देशमा अहिले राजनीतिक स्थायित्व जरुरी...

घात गर्ने सातलाई कारवाही

२०७० मंसिर १५ गते १३:०७

डोल्पा, १५ मंसिर– डोल्पा काँग्रेसले संविधानसभा निर्वाचनमा पार्टीविरुद्ध प्रचारप्रसार गरेको भन्दै सात जना सदस्यलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । निष्काशित हुनेमा बागी उम्मेदवार चन्द्रबहादुर शाही, महासमिति सदस्य दिलबहादुर विष्ट, सदस्य पुने रोकाय, ज्योतिप्रसाद पहाडी, नवराज शाही, निमा गुरुङ र...

भगत सिंह सार्वजनिक, १८ मुद्धा खेप्ने

२०७० मंसिर १५ गते १२:२७

नेपालगञ्ज, १५ मंसिर– शान्ति वार्तामा आएर हतियार बुझाइसकेको भूमिगत समूह जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका नेता भगत सिंहले चिनिने अर्जुन सिंहलाई पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको छ । उनलाई नेपाल–भारत सीमा जमुनाह नाकछेउ दशगजाबाट शुक्रबार साँझ पक्राउ परेका सिंहलाई सार्वजनिक गर्दै ५ वटा...

नयाँ संविधान आएपछि नयाँ राष्ट्रपतिः महत

२०७० मंसिर १५ गते १२:१०

हेटौंडा, १५ मंसिर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले संविधानसभाले संसवधान जारी गरेपछि मात्र राष्ट्रपति, उपराष्ट्रिपतिको निर्वाचन गरिनुपर्ने बतएका छन् । उनले भने, ‘प्रमुख दलहरुले नयाँ संविधान जनतामाझ पुर्‍याएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने काममा क्रियाशील हुनुपर्दछ ।’ ताजा जनादेशअनुरुप एक वर्षभित्र नयाँ...

‘कसले बढी रक्सी खाने’ बाजीमा युवक ठहरै

२०७० मंसिर १५ गते १०:२९

मुगु, १५ मंसिर– कसले बढी रक्सी खान सक्ने भन्ने विषयमा दुई युवाबीच बाजी पर्दा जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने गम्था गाविसमा एक युवकको ज्यान गएको छ । गम्था– ८ स्थित थारा गाउँका २२ वर्षीय वीरसिंह भियाल र २३ वर्षीय लुहारे विकबीच पानी नमिसाएको रक्सी...

एड्स लागेका किन लुक्छन् ?

२०७० मंसिर १५ गते १०:१०

काठमाण्डु, १५ मंसिर– राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले कतिपय एचआइएभी सङ्क्रमित तथा एड्स भएका समाजमा किन लुकेर बसिरहेका भन्दै के बाहिर आउन नसक्नुका कारण पत्ता लगाउन चुनौती रहेको बताएको छ । २६ औं विश्व एड्स दिवसका सन्दर्भमा शनिबार आयोजित छलफलमा केन्द्रले सन् २०१२...

एमविविएस पढ्न नपाए आमरण अनसन बस्ने

२०७० मंसिर १५ गते ९:४१

काठमाण्डु, १५ मंसिर– एमविविएसको जाँच दिई पढ्न जान नपाएका पीडित विद्यार्थीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले एक हप्ताभित्र पढ्न जाने वातावरण नगरे अनसन बस्ने चेतावनी दिएका हुन् । उनीहरुले शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र काठमाण्डु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us