राजनीतिक स्थायित्व जरुरी: नेता भट्ट

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १३:१७ मा प्रकाशित

lekhraj bhattaकाठमाण्डु, १५ मंसिर– एनेकपा माओवादीका नेता लेखराज भट्टले दलीय सहमतिबाट मुलुकको संविधान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

सुदूरपश्चिम समाजले सो क्षेत्रको कला, सँस्कृति तथा विविधतालाई समेटेर शुक्रबारदेखि आयोजना गरेको फोटो प्रदर्शनीको समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले देशमा अहिले राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।

प्राकृतिक, धार्मिक, साँस्कृतिक दृष्टिले अति महत्वपूर्ण सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय सम्भावना प्रचुर भएपनि पूर्वाधार विकासमा राज्यले लगानी गर्न नसकेको उनको गुनासो थियो । सो समाजका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमको भौगोलिक तथा सामाजिक विविधतालाई संरक्षण गर्दै जलस्रात र पर्यटनको विकास गर्न सके देशलाई ठूलो फाइदा पुग्ने चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us