नयाँ संविधान आएपछि नयाँ राष्ट्रपतिः महत

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १२:१० मा प्रकाशित

Ramsharan-Mahatहेटौंडा, १५ मंसिर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले संविधानसभाले संसवधान जारी गरेपछि मात्र राष्ट्रपति, उपराष्ट्रिपतिको निर्वाचन गरिनुपर्ने बतएका छन् ।

उनले भने, ‘प्रमुख दलहरुले नयाँ संविधान जनतामाझ पुर्‍याएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने काममा क्रियाशील हुनुपर्दछ ।’ ताजा जनादेशअनुरुप एक वर्षभित्र नयाँ संविधान तयार पार्न र बढ्दै गएको बेरोजगारी समस्यालाई न्यून गर्न अहिले सहमतिको सरकार आवश्यक रहेको उनको जिकिर थियो ।

महतले नेपाल वित्तीय राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घको आठाैँ राष्ट्रिय महाधिवेशनको शनिबार हेटौंडामा उद्घाटन गर्दै आफ्ना हठलाई त्यागेर संसदमा आपसी समन्वय र समझदारी बनाई संविधान तयार पार्न र जनतालाई आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउन अहिलेको सरकारमा सहभागी हुन एमाओवादीलाई आग्रह समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us