हत्या कि आत्महत्या : अनुसन्धान सुरु

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १३:२० मा प्रकाशित

syanja_mapस्याङ्जा, १५ मंसिर– स्याङ्जाको दक्षिणपूर्वी गाविस चापाकोटमा गत कात्तिक १२ गते दुई जनाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक समितिले छानबिन सुरु गरेको छ ।

पुनरावेदन अदालतका पूर्व न्यायाधीश कृष्णप्रसाद बस्यालको संयोजकत्वमा सरकारले गठन गरेको पाँच सदस्यीय न्यायिक समितिले आजदेखि घटनास्थलमा पुगेर छानबिन सुरु गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

सो समितिमा सहमहान्यायाधिवक्ता किरण पौडेल, प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, सर्वोच्च अदालतका उपरजिस्ट्रार हरिहर पौडेल र महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत पद्मप्रसाद आचार्य रहेका छन् ।

स्थानीय ३५ वर्षीया माया विकको हत्या कि आत्महत्या भन्ने विषयमा गत कात्तिक १२ गते स्थानीयवासी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कृष्ण भट्टराई र १८ वर्षीय सूर्य आलेको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us