समाचार

जोडदार आवाज उठाउन अर्थमन्त्री इन्डोनेसिया गए

२०७० मंसिर १५ गते ९:४०

काठमाण्डु, १५ मंसिर– अर्थ, वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर कोइराला इन्डोनेसियाको बालीमा हुने विश्व व्यापार सङ्गठनको नवौं मन्त्रिस्तरीय सम्मेलनका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । इन्डोनेसियातर्फ प्रस्थान गर्नुअघि वाणिज्य मन्त्री कोइरालाले उत्पत्तिको नियमको सन्दर्भमा यस्तो नियम अति कम विकसित मुलुकको निर्यात व्यापारका लागि सरल,...

संबिधानसभा आन्दोलनको पक्षमा नभएको सावित

२०७० मंसिर १५ गते ६:५४

काठमाण्डु १५ मंसिर नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द बिप्लवले दोस्रो संबिधानसभा आन्दोलनको पक्षमा नभएको सावित भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा आफनो स्टाटस लेख्दै बिप्लवले त्यस्तो धारणा व्यक्त गरेका हुन । ‘पहिलो संबिधानसभा षडयन्त्रपूर्वक बिफल गराइयो र त्यहि षडयन्त्रको जगमा तयार हुँदै आएको कथित...

घर भित्रको शान्ति नै बिश्व शान्तिको आधार

२०७० मंसिर १५ गते ६:०८

जनकपुरधाम, १५ मङ्सिर-‘महिला मानवअधिकारकर्मीको सुरक्षा र पहिचान’ विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा हिंसा प्रभावित महिलालाई शनिवार सम्मान गरिएको छ । “घर शान्ति नै विश्व शान्तिको आधारः दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ जारी महिलामाथि हुने हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत ओरेक...

युवतीलाई सन्देश–सँगै जाऔँ,सँगै सिकौँ

२०७० मंसिर १५ गते ६:०५

नेपालगन्ज, १५ मङ्सिर–किशोरकिशोरीमा एचआइभी (एड्स)तथा प्रजनन स्वास्थ्य सम्बन्धी जागरण ल्याउने उद्देश्यअनुरुप नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय समितिले बाँके जिल्लामा ‘सँगै जाऔँ, सँगै सिकाँै’ कार्यक्रम सञ्चालन गरेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जिआइजेडको सहयोगमा सञ्चालित १५ महिने कार्यक्रमअन्तर्गत यस जिल्लाका ३३ गाविस र नेपालगन्ज नगरपालिकाका १००...

परिर्वतन संस्थागत गर्न नसक्दा हारियो: भट्टराई

२०७० मंसिर १५ गते ५:२८

बुटवल, १५ मंसिर– एकीकृत एमाओवादी नेता बाबुराम भट्टराईले परिवर्तन संस्थागन गर्नमा भएको ढिलाइका कारण संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पराजित भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघले बुटवलमा बिहान गरेको पत्रकार भेटघाटमा भट्टराईले  क्रान्तिकारी परिवर्तन संस्थागत गर्न नसक्दा पार्टी पराजित भएको बताएका हुन् । ‘एकातिर...

राष्ट्रपति निर्वाचनको कुरै नगर: सिंह

२०७० मंसिर १५ गते ४:२८

काँग्रेस महामन्त्री प्रकाशमान सिंहले राष्ट्रपति र उपराष्ट्रपति फेर्ने एजेण्डा उठाएर संविधान लेखनको मुल मुद्धा ओझेलमा पार्ने काम भइरहेको बताएका छन् । काठमाण्डु क्षेत्र नम्बर–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका सिंहको सम्मानमा काँग्रेस क्षेत्र नम्बर–१ ले राजधानीमा आज गरेको चियापान कार्यक्रममा उनले राष्ट्रपति निर्वाचनको कुरा...

एमाले हराउन काँग्रेस–एमाओवादी मिले

२०७० मंसिर १५ गते ३:२९

काठमाण्डु १५ मंसिर–एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफनो पार्टीलाई हराउन काँग्रेस र एमाओवादी मिलेको आरोप लगाएका छन । संबिधानसभाको दोस्रो निर्वाचनको परिणाम सार्वजनिक भएपछि एमाले नेता नेपालले अधिकाँश ठाउँमा काँग्रेस र एमाले वीच प्रतिस्पर्धा देखिएको बताए । ‘कतिपय ठाउँमा एमालेलाई हराउन काँग्रेस र एमाओवादी...

सरकारमा सहभागिता ठूला दलको व्यवहारमा निर्भर

२०७० मंसिर १५ गते २:४६

तराई केन्द्रित दलहरुले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिता नेपाली कांग्रेस र नेकपा एमालेको भूमिकामा निर्भर रहने जनाएका छन्। चुनावबाट दुई प्रमुख शक्तिको रुपमा उदाएका कांग्रेस र एमालेले सरकार गठनको निम्ति परामर्श सुरु गरेका बेला ती साना दलको भावी कदमलाई चासोपूर्वक हेरिएको छ। मुद्दा तराई...

एभरेस्ट म्याराथन २०१३ को उपाधि राजभण्डारीलाई

२०७० मंसिर १५ गते १:५८

सोलुखुम्बु, १५ मङ्सिर–चौंरीखर्क–८ लुक्लाका रामकुमार राजभण्डारीले एभरेस्ट म्याराथन २०१३ को उपाधि जित्दै आफ्नै कीर्तिमानी भङ्ग गरेका छन् । एभरेस्ट म्याराथन २०११ को उपाधिसमेत जितेका श्रेष्ठले यस वर्ष पनि प्रतियोगिता जितेका हुन् । शुक्रबार सम्पन्न गोरक्सेदेखि नाम्चेसम्मको ४२ किमिको दूरी श्रेष्ठले तीन घन्टा ४० मिनेट...

सुडान शान्ति मिसनका लागि १४० प्रहरी प्रस्थान

२०७० मंसिर १४ गते १६:०९

काठमाण्डु, १४ मङ्सिर–संयुक्त राष्ट्रसंघको आब्हानमा सुडानमा शान्ति स्थापनाका लागि १४० जना प्रहरी त्यसतर्फ प्रस्थान गरेका छन । प्रहरी उपरीक्षक तारणीप्रसाद लम्सालको नेतृत्वमा सुडानको डार्फर मिसनमा खटिई जानेहरुमा प्रहरी नायव उपरीक्षक दुई, प्रहरी निरीक्षक १०, प्रहरी नायव निरीक्षक १९, प्रहरी सहायक निरीक्षक ३६, प्रहरी हवल्दार...

कम्युनिष्ट पेल्ने काँग्रेसको योजना

२०७० मंसिर १४ गते १५:१६

काठमाण्डु, १४ मंसिर–दोस्रो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले एकीकृत माओवादीले भनेजस्तो अन्तरिम संविधान संशोधन पनि नगर्ने र नेकपा एमालेले भनेजस्तो आलोपालो सरकारको नेतृत्व पनि नगर्ने स्पष्ट पारेको छ । बहुमत आफूसँग रहेकाले अब आफ्नै नेतृत्वमा सरकार बनाउने काँग्रेसको भनाइ छ ।...

सम्पत्तिको अभिलेख राख्न नसकेकोमा चिन्ता व्यक्त

२०७० मंसिर १४ गते १४:४८

काठमाण्डु, १४ मङ्सिर–सरकारका उच्च प्रशासकहरुले देशभर सरकारी सम्पत्तिको अभिलेख राख्न नसकेकामा चिन्ता व्यक्त गरेका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा) को बैठकमा सहभागीहरुले सरकारका कतिपय निकायको भौतिक सम्पति दुरुपयोग हुने गरेको र कसैले भाडामा बस्नु परेको असन्तुलनलाई मिलाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us