एमाले हराउन काँग्रेस–एमाओवादी मिले

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ३:२९ मा प्रकाशित

काठमाण्डु १५ मंसिर–एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफनो पार्टीलाई हराउन काँग्रेस र एमाओवादी मिलेको आरोप लगाएका छन । संबिधानसभाको दोस्रो निर्वाचनको परिणाम सार्वजनिक भएपछि एमाले नेता नेपालले अधिकाँश ठाउँमा काँग्रेस र एमाले वीच प्रतिस्पर्धा देखिएको बताए ।
Madhav-Kumar-nepal
‘कतिपय ठाउँमा एमालेलाई हराउन काँग्रेस र एमाओवादी पनि मिलेको देखियो’निर्वाचनको नजिताले काँग्रेसलाई पहिलो,एमालेलाई दोस्रो र एमाओवादीलाई तेस्रो शक्ति बनाएपछि एमाले नेता नेपालले शनिवार अन्नपूर्णपोष्टलाई दिएको अन्तरवार्तामा भनेका छन‘जनमत जातीय संघीयताको बिपक्षमा हो । जातीय संघीयता हुनुपर्छ भन्ने बिचारकोबिपक्षमा,एक मधेश एक प्रदेश हुनु पर्छ भन्ने बिचारको बिपक्षमा अर्थात जातीय सदभाव खलबल्याउने बिचार र प्रत्यक्ष राष्ट्रपतिको बिपक्षमा हो ।’
एकीकृत माओवादीले आफूहरु संबिधानसभामा सहभागी हुन सहमतीय प्रणालीमा जानका लागि संबिधान संशोधन गरिनु पर्ने शर्त अगाडि सारेको सन्दर्भमा नेता नेपालले भने ‘संबिधान संशोधन हुँदैन,त्यो हरेक दृष्टिकोणले ठीक छैन,राप्रपा नेपालले संबिधान संशोधन गरौ भन्यो भने के गर्ने? हिन्दु राष्ट्र बनाउन संबिधान संशोधन गर्नु पर्छ भन्ने कुरा उठाइयो भने त्यो बेला के गर्ने ? अव संम्बैधानिक राजतन्त्र चाहियो भन्यो भने के गर्ने ? उसको पनि २३ सिट आएको छ ।’
संबिधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार गठन गर्न संभव नहुने नेता नेपालले बताए । संबिधानसभामा पुगेका ३१ दलको एउटै कुरा कसरी होला भन्ने जिज्ञासामा नेता नेपालले भनेका छन ‘त्यो संभव छैन । मुख्य त दुई ठूला पार्टी काँग्रेस र एमालेले निर्णय गर्ने कुरा हो । त्यसपछि एमाओवादीलाई पनि एउटा सहयोगीका रुपमा राख्नु पर्छ ।’

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई संबिधानसभामा सहभागी गराउन भने संबिधान संशोधन गर्न संभव हुने नेता नेपालले बताएका छन । संबिधान संशोधन गरेर संबिधानसभाको संख्याबढाउने र माओवादीलाई ल्याउने संभावना पनि सुनिदैछ नि  भन्ने जिज्ञासामा नेता नेपालले भनेका छन‘त्यो सम्भावना पनि छ । संबिधानसभाको  संख्या बढाउने र माओवादीलाई ल्याउने संभावना बारे म त खुला छु ।’ यसवारेमा नेता नेपालले माओवादी उपाध्यक्ष सीपी गजुरेलसँग केहि दिन अघि छलफल गरेका थिए ।

काँग्रेसलाई सरकारको नेतृत्व गर्न भनिसक्नु भयो होइन ? भन्ने जिज्ञासामा नेता नेपालले भनेका छन ‘हो,पहिलो जिम्मेवारी काँग्रेसकै हो,तर काँग्रेसले चार चोटी सोच्नु परयो कि सरकार त्यत्तिकै बनाएर चल्नेवाला छैन । एमालेसँग कसरी चल्ने हो ?एमाले कुन हिसावले सरकारमा जाने हो? सिङगो पावर सेयरिङ कसरी गर्ने हो ? सिङगो पावर सियरिङमा कुरा हुनु परयो ।’ एमालेले चाहि कस्तो पावरसियरिङ चाहेको हो भन्ने अर्को प्रश्नमा नेता नेपालले भनेका छन ‘पहिले काँग्रेसको बिचार के हो भन्ने सुन्नु परयो अनि मात्रै हामीले हाम्रो मुख खोल्नु परयो । मैले हाम्रा सबैनेताहरुसँग भनेको छु कि हामीले अहिले केहि पनि हतार नगर्ने,बडो क्यालकुलेटिभ हिसावले अगाडि बढने,संबिधान निर्माणमा केन्द्रित हुने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us