घर भित्रको शान्ति नै बिश्व शान्तिको आधार

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ६:०८ मा प्रकाशित

जनकपुरधाम, १५ मङ्सिर-‘महिला मानवअधिकारकर्मीको सुरक्षा र पहिचान’ विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा हिंसा प्रभावित महिलालाई शनिवार सम्मान गरिएको छ ।
“घर शान्ति नै विश्व शान्तिको आधारः दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ जारी महिलामाथि हुने हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत ओरेक नेपाल र महिला मानव अधिकार रक्षक सञ्जाल, धनुषाद्वारा शनिवार आयोजित  कार्यक्रममा  कुश्मीदेवी मण्डल, स्वाती महतो, तुलसा खड्का, ममता मण्डल, फूलोदेवी महतो, सुनिता यादव, यशोदा यादव, भगवती मण्डल, गुलाबदेवी झा, अमृता चौधरी, सविता देव, मङ्गली परियार, किरण झा, रिंकु साह र अनिला कर्णलाई सम्मान गरिएको हो ।
सो अवसरमा ओरेक नेपालका कार्यक्रम प्रमुख हेमलता सिग्देलले महिला मानवअधिकार रक्षकको सुरक्षा र पहिचान स्थापित गर्नाका साथै हिंसा प्रभावित महिलाले आफ्नो न्यायका लागि सङ्घर्ष गरेका र न्यायिक प्रक्रियामा आएका प्रभावित महिलाको आत्मसम्मान र हौसला बढाउने उद्देश्यले सम्मान गरिएको बताइन ।
कार्यक्रममा महिला अधिकारकर्मीले महिला अधिकारको कुरा उठाउँदा समाजबाट आफूहरू नै स्वयम् हिंसामा पर्ने गरेको दुःखेसो पोखे  । पीडकले आफूहरूमाथि नै आक्रमण गर्ने त्रास फैलिएको बताउँदै उनीहरुले घरदेखि बाहिर असुरक्षित महसुुस भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरी प्रशासनका तर्फबाट सुरक्षाको व्यवस्थाको माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us