संबिधानसभा आन्दोलनको पक्षमा नभएको सावित

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ६:५४ मा प्रकाशित

काठमाण्डु १५ मंसिर नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द बिप्लवले दोस्रो संबिधानसभा आन्दोलनको पक्षमा नभएको सावित भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा आफनो स्टाटस लेख्दै बिप्लवले त्यस्तो धारणा व्यक्त गरेका हुन । Biplab 2
‘पहिलो संबिधानसभा षडयन्त्रपूर्वक बिफल गराइयो र त्यहि षडयन्त्रको जगमा तयार हुँदै आएको कथित दोस्रो संबिधानसभाले नेपाली क्रान्ति र त्यसको उपलब्धी संस्थागत गर्न सक्दैन भन्ने हाम्रो ठहर थियो’बिप्लवले लेखेका छन‘तर एमाओवादीका साथीहरु यो चुनावबाट क्रान्ति र उपलब्धी संस्थागत गर्न सकिन्छ भन्ने भ्रममा पर्नु भयो । अन्तत यो दोस्रो संबिधानसभा चुनाव नेपाली क्रान्ति र आन्दोलनको पक्षमा थिएन भन्ने कुरा आज सावित भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us