युवतीलाई सन्देश–सँगै जाऔँ,सँगै सिकौँ

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ६:०५ मा प्रकाशित

नेपालगन्ज, १५ मङ्सिर–किशोरकिशोरीमा एचआइभी (एड्स)तथा प्रजनन स्वास्थ्य सम्बन्धी जागरण ल्याउने उद्देश्यअनुरुप नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय समितिले बाँके जिल्लामा ‘सँगै जाऔँ, सँगै सिकाँै’ कार्यक्रम सञ्चालन गरेको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जिआइजेडको सहयोगमा सञ्चालित १५ महिने कार्यक्रमअन्तर्गत यस जिल्लाका ३३ गाविस र नेपालगन्ज नगरपालिकाका १०० माध्यमिक विद्यालयका कक्षा नौ र १० का १५ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटिएको छ ।
कार्यक्रम संयोजक शुभेच्छा मानन्धरका अनुसार १२ जना सहजकर्ताले प्रजनन अधिकार, यौन स्वास्थ्य, एचआइभी (एड्स) नियन्त्रणका उपाय, गर्भ निरोधक तथा परिवार नियोजन साधनको प्रयोग र लैङ्गिकताका विषयमा कक्षा सञ्चालन गर्नेछन् ।
सो कक्षामा सहभागी भएका विद्यार्थीले आप्mनो टोल, छिमेक, साथीभाइ तथा आफन्तलाई त्यस विषयमा समेत जानकारी गराउने पनि कार्यक्रमको उद्देश्य रहेको छ ।
अहिलेसम्म छनोटमा परेका विद्यालयमध्ये १८ विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी विद्यालयमा कार्यक्रम भइरहेको संयोजक मानन्धर बताउछिन ।
सहयोगी संस्था जिआइजेडले रेडक्रसमार्पmत बाँके र दाङ तथा नेपाल परिवार नियोजन सङ्घमार्पmत बैतडी र कैलाली जिल्लामा कार्यक्रम सञ्चालनमा सहयोग गरेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us