समाचार

बाख्राको निहुँमा झडप, ६ घाइते, २ गम्भीर

२०७० मंसिर १६ गते १४:०४

रौतहट, १६ मंसिर– आलुबारीमा बाख्रा पसेको निहुँमा विवाद बढेपछि झडप हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ । जिल्लाको अजगैवी गाविसमा दुई पक्षबीच आइतबार झडप भएको हो । अजगैवी गाविस–३ बस्ने रमेश साह कलवारको बाख्रा हरदेव यादवको आलुबारीमा...

एमालेले भन्योः चुनावमा काँग्रेसले धाँधली गर्‍यो

२०७० मंसिर १६ गते १३:२३

काठमाण्डु, १६ मंसिर– एमालेले काँग्रेसले व्यापक धाँधली गरेको आरोप लगाएको छ । धनुषा–५ मा डा.चन्द्रमोहन यादवलाई जिताउन काँग्रेसले धाँधली गरेको एमाले आरोप छ । एमालेका तर्फबाट सो क्षेत्रमा उम्मेदवार रहेका पार्टीका केन्द्रीय सदस्य रघुवीर महासेठले उक्त निर्वाचनलाई बदर गरी पुनः निर्वाचन गर्न माग गरेका...

धाँधलीको प्रमाण फेला पार्‍यो चुरेभावरले

२०७० मंसिर १६ गते १०:३७

काठमाण्डु, १६ मंसिर– चुरेभावर राष्ट्रिय एकत पार्टी नेपालले दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै धाँधलीका विभिन्न प्रमाणहरु फेला पारेको बताउँदै छानबिन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । निर्वाचनमा नेपाली जनताले निर्भयका साथ मतदान गरेपनि मतपेटिका संकलन र मतगणनाका क्रममा धाँधली भएको उल्लेख...

आफ्नै दुई मन्त्रालयबीच सहकार्य गराए मन्त्रीले

२०७० मंसिर १६ गते ९:४२

काठमाण्डु, १६ मंसिर- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य निकायको क्षमता थप सुदृढीकरणका लागि एकआपसमा सहकार्य गर्ने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा प्रवीण मिश्रले स्थानीय स्वास्थ्य शासन...

हस्तकला हेरिसकेपछि रेग्मीले भने, ‘निजी क्षेत्रसँग सहकार्य’

२०७० मंसिर १६ गते ९:२०

काठमाण्डु, १६ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले हस्तकला उत्पादन प्रवद्र्धनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । उनले स्वदेशी उत्पादन प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई बढावा दिन सरकारले ठोस नीति ल्याउने एललेख गर्दै सो बताएका हुन् । भृकुटीमण्डपमा जारी ११ औं...

आफूले भन्दै नभनेको कुरा प्रचार गरियोः गजुरेल

२०७० मंसिर १६ गते ८:५०

काठमाण्डु, १६ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफुले आफ्नो पार्टी संविधानसभामा जाने कुरा नबताएको जिकिर गरेका छन् । उनले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताएका हुन् । गजुरेलले एक प्रेस विज्ञप्तिमार्फत केही दिन पहिला आफूले सम्मानजनक...

बस दुर्घटना ११ जनाको मृत्यु, ३० घाइते

२०७० मंसिर १६ गते ७:३०

बझाङ, १६ मङ्सिर–बाजुराको तिपाडाबाट धनगढी जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको यात्रुबहाक बस डडेल्धुराको गाँखेत–८ मेलखर्कमा आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा सातजनाको अवस्था गम्भीर रहेको...

‘सबैलाई मान्य हुने संविधान एक बर्ष भित्रै’

२०७० मंसिर १६ गते ६:३३

मोरङ, १६ मंसिर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले एकीकृत नेकपा माओवादी र वैद्य माओवादीलाई पनि मान्य हुने नयाँ संविधान एक बर्षभित्र जारी गर्ने दावी गरेका छन् । सबै दलको सहमति एवम् सहकार्यमा छिट्टै सरकार गठन गर्ने र नयाँ संविधान लेखन कार्य सुरु गर्ने उनले...

एमाओवादी हार पत्ता लगाउन वैद्य माओवादीमा छानविन !

२०७० मंसिर १६ गते ५:३७

काठमाण्डु, १६ मंसिर–कीर्तिपुर क्षेत्रमा प्रचण्डलाई हराउन वैद्य माओवादीबाट ४० लाख रुपैयाँ बाँडिएको, युवा संगठन जनस्वयम् सेवक व्युरोका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ले पनि काठमाण्डु क्षेत्र नम्बर १० मा दुई हजार ७ सय जनाको लिष्ट तयार पारेर सबैलाई काँग्रेस उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएको लगायतका कुरा...

देशभरका शिवालयमा बाला चतुर्दशी मेला

२०७० मंसिर १६ गते ३:२६

काठमाण्डु, १६ मंसिर– बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति लगायतका शिवालयमा आइतबार मेला लागेको छ । बाला चतुर्दशीमा पितृको सम्झनामा आइतबार राति बत्ति बाल्ने र सोमबार विहान सतबिज छर्ने गरिन्छ । आइतबार रातभर जाग्राम बसेर भजनकिर्तन गरिन्छ । मेला भर्न आएकाहरुलाई विशेष व्यवस्था मिलाइएको पशुपति...

नेपालमा दिनहुँ चारजनालाई एचआईभी

२०७० मंसिर १६ गते ३:०७

काठमाण्डु, १६ मंसिर– ‘एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔं’भन्ने नाराकासाथ विश्व एड्स दिवस आइतबार बिभिन्न कार्यक्रम गरी मनाइदै छ । एचआईभी र एडस्को प्रभावकारी रोकथाम, उपचार, हेरचाह र सहयोगकालागि विश्वव्यापी समर्थन जुटाउन तथा जनचेतना जगाउने उद्देश्यले हरेक बर्ष डिसेम्वर १...

बाघ समात्न आधा दर्जन हात्ती

२०७० मंसिर १६ गते २:४८

रत्ननगर, १६ मंसिर । चितवनको माडीको मानव बस्तीमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले प्राविधिकसहितको टोली परिचालन गरेको छ । लगातार बस्तीमा पसेर बाघले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि शनिबार रातिदेखि टोली परिचालन गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us