
काठमाण्डु, १६ मंसिर– एमालेले काँग्रेसले व्यापक धाँधली गरेको आरोप लगाएको छ । धनुषा–५ मा डा.चन्द्रमोहन यादवलाई जिताउन काँग्रेसले धाँधली गरेको एमाले आरोप छ ।
एमालेका तर्फबाट सो क्षेत्रमा उम्मेदवार रहेका पार्टीका केन्द्रीय सदस्य रघुवीर महासेठले उक्त निर्वाचनलाई बदर गरी पुनः निर्वाचन गर्न माग गरेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै भने, ‘काँग्रेसले धनुषा क्षेत्र नं ५ मा आफ्नो उम्मेदवार जिताउन व्यापक धाँधली गरेको छ । यसको छाबिन गरेर फेरि चुनाव हुनुपर्छ ।’
सहायक प्रमुख जिल्ला अधिकारीले दुईवटा खाली मतपेटिका मगाएको, पाँच वटा मतपेटिका फेरेकोे र विदेशमा रहेका मानिसको नामको मत प्रहरीद्वारा खसाल्न लगाएको महासेठले बतएका छन् ।