
रौतहट, १६ मंसिर– आलुबारीमा बाख्रा पसेको निहुँमा विवाद बढेपछि झडप हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ ।
जिल्लाको अजगैवी गाविसमा दुई पक्षबीच आइतबार झडप भएको हो । अजगैवी गाविस–३ बस्ने रमेश साह कलवारको बाख्रा हरदेव यादवको आलुबारीमा पसेपछि विवाद भएको र विवाद बढेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झडपमा रमेश साह, राकेश यादव, गौरीशंकर जयसवाल, छविलाल जयसवाल शिववचन यादव, सुखल यादव, शिवपुजन यादव र शिवपुकार यादव घाइते भएका छन् । घाइतेमध्ये शिवपुजन र शिवपुकारको टाउकामा गम्भीर चोट लागेकाले थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरी निरीक्षक लालबाबु साहले जानकारी दिए ।