समाचार

पहिलो इजलासबाट सभासदलाई अदालत आउन आदेश

२०७० मंसिर १७ गते १४:०२

काठमाण्डु, १७ मंसिर– संविधानसभा अदालतले आफ्नो पहिलो इजलासमा सोलुखुम्बु जिल्लाबाट निर्वाचित सभासद बलबहादुर केसीसहितका विपक्षीहरूलाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्रलाल र सुशिला कार्कीको इजलासले सो आदेश दिएको हो आदेशमा ‘निवेदकको माग बमोजिम अन्तरकालीन आदेश...

सर्वोच्चद्वारा पूर्वमन्त्रीलाई ६ र सचिवलाई ७ हजार जरिवाना

२०७० मंसिर १७ गते १३:११

काठमाण्डु, १७ मंसिर– सर्वोच्च अदालतले पूर्वमन्त्री महेन्द्र यादव र सिँचाइ सचिव प्रतापकुमार पाठकलाई जरिवाना फैसला सुनाएको छ । उनीहरुलाई क्रमशः ५ हजार र ५ हजार जरिवाना गराउने फैसला गरेको छ । पूर्वसचिव वृन्दा हाडाले दायर गरेको अवहेलना मुद्धामा सुनुवाई गर्दै न्यायाधीस कल्याण श्रेष्ठ र...

एमाओवादीसहित १६ दलद्वारा निर्वाचन आयोगको बैठक बहिष्कार

२०७० मंसिर १७ गते १२:४८

काठमाण्डु, १७ मंसिर– एकीकृत नेकपा माओवादी सहित १६ दलले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । निर्वाचनको मतपेटिका संकला तथा मतगणनाका समयमा धाँधली भएको भन्दै उच्चस्तरीय छानबिन आयोगको माग गरिरहेका एमाओवादी सहितका दलहरुले निर्वाचन आगोगले बोलाउने बैठकमा सहभागी नहुने अडान लिएका हुन्...

सरकारले क्रिकेट खेलाडीलाई १०/१० लाख दिने

२०७० मंसिर १७ गते १२:३२

काठमाण्डु, १७ मंसिर– नेपाललाई विश्वकपमा पुर्‍याउन सफल क्रिकेट खेलाडी, प्रशिक्षक तथा सहयोगीहरुलाई सरकारले उल्लेख्य रकमका साथ पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाललाई विश्वकपमा प्रवेश गराएका राष्ट्रिय क्रिकेट टिममा १५ जना खेलाडीहरुलाई जनही १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ...

हार्नेले दिए विद्यालयलाई जग्गासहित १७ लाख

२०७० मंसिर १७ गते १०:५६

सल्यान, १७ मंसिर– संविधानसभा निर्वाचनमा पराजित एक उम्मेदवारले भने विद्यालयलाई जग्गा दान तथा आर्थिक सहयोगका गरेका छन् । संविधानसभा निर्वाचनमा विजयी भएका उम्मेदवार जितको उत्सव मनाइरहेकै बेला सल्यान– २ बाट पराजित नेपाल परिवार दलकी उम्मेदवार योगमाया घर्तीले विद्यालयलाई सहयोग गरेकी हुन् । उनले आफ्नो...

चुनावमा सबैभन्दा ठूलो भूमिका सशस्त्रकोः महानिरीक्षक वन्त

२०७० मंसिर १७ गते ९:३०

चितवन, १७ मंसिर– सशस्त्र प्रहरी महानिरीक्षक काेषराज वन्तले संविधानसभाको निर्वाचनमा शसस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा आयोजित प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको समापन गर्दै उनले सुरक्षा निकायमा रहेका सबैले...

लोकतान्त्रिक शक्ति एक भए छिट्टै संविधानः सिंह

२०७० मंसिर १७ गते ९:१२

काठमाण्डु, १७ मंसिर– काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका लागि लोकतान्त्रिक शक्ति एकजुट भई अघि बढे एक वर्ष भित्रै संविधान बन्ने बताएका छन् । एक वर्षभित्रै देशमा संविधान दिएर देश र जनतालाई शान्ति तथा समृद्धितर्फ उन्मुख गराउन आवश्यक रहेको भन्दै उनले लोकतान्त्रिक शक्तिको एकताबाट...

दुई शिक्षकको टाउकोमा १ सय १५ विद्यार्थी

२०७० मंसिर १७ गते ९:०१

कञ्चनपुर, १७ मंसिर–  देखतभूली–१ ढक्का आरक्ष पीडित शिविरमा रहेको बालविकास केन्द्रमा दुई जना शिक्षकले १ सय १५ विद्यार्थीलाई अध्यापन गराउनुपरेको छ । शिक्षा नियमावलीअनुसार एक शिक्षक बराबर २० विद्यार्थी पठाउने मापदण्ड रहे पनि सो केन्द्रमा भने दुई शिक्षकले १ सय १५ विद्यार्थीलाई पढाउन बाध्य...

रामेछापमा बस दुर्घटना, ७ जनाको मृत्यु (नामावली सहित)

२०७० मंसिर १७ गते ८:५७

मन्थली, १७ मंसिर–रामेछापको सुखाजोर गाविसको पालेबन भन्ने स्थानमा सोमबार विहान यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रामेछाप रामपुर गाविस–३ का ८५ बर्षीय सन्तबहादुर श्रेष्ठ, ओख्रेनी–४ का २५ बर्षीया जानुका श्रेष्ठ, रामपुर–५ का...

नुनमा समेत विभेद

२०७० मंसिर १७ गते ८:४८

जाजरकोट, १७ मंसिर– आयोडिनयुक्त नुन वितरणमा विभेद भएको भन्दै जाजरकोटका नागरिकले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नुन वितरण केन्द्रमा कमिसनको खेल भएको भन्दै उपभोक्ताले सोमबार नुन वितरण कार्यसमेत अवरुद्ध गरेका छन् । तीन दिन हिँडेर सदरमुकामस्थित साल्ट कर्पोरेसन शाखामा आउँदा पनि नुन...

राष्ट्रपति निर्वाचनको हल्ला बेकार : पोख्रेल

२०७० मंसिर १७ गते ८:२८

तुलसीपुर, १७ मंसिर–नेपाल बार एशोसियसनका केन्द्रीय महासचिव सुनिल पोख्रेलले राष्ट्रपति निर्वाचनको हल्ला मचाउनुको कुनै तुक नभएको बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको बिषय चर्चामा ल्याई संविधान निर्माण प्रक्रिया अर्कै तिर मोड्ने प्रयास भएको आशंका...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

२०७० मंसिर १७ गते ४:४६

दमक, १७ मंसिर–झापाको सतासीधाम–५ झिलझिलेमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मे १ च १५६७ नम्बरको एम्बुलेन्सको ठक्करबाट सतासीधाम–५ की ५८ वर्षीया चन्द्रमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान ४ बजेतिर केही व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us