समाचार

वैदेशिक रोजगार विभागविरुद्ध मुद्दा

२०७० मंसिर १८ गते १४:०८

काठमाण्डु, १८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्ष तथा अध्यागमन कार्यालयका कर्मचारी, मेनपावर कम्पनीका सञ्चालक र विचौलीयाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ती कार्यालयका ६४ जनाविरुद्ध विगो ३४ लाख ३९ हजार ५ सय रुपैयाँ कामम...

नेपाल आउनासाथ प्रचण्डलाई भेटे चिनियाँ अधिकारीले

२०७० मंसिर १८ गते १३:५०

काठमाण्डु, १८ मंसिर– दोस्रो संविधानसभा निर्वाचनपछि नेपालको समग्र वस्तुस्थिति बुझ्न चिनियाँ उच्च अधिकारीहरु नेपाल आइपुगेका छन् । नेपाल पछिल्लो राजनीतिक परिस्थितिमा चासो दिँदै चीनको आन्तरिक सुरक्षा मामिलाका महानिर्देशक तथा नेपालका लागि पूर्व चनियाँ राजदूत छिउ गुओहोङ मंगलबार काठमाण्डु आइपुगेका हुन् । चिनियाँ अधिकारी गुओहोङले...

छात्रवृत्ति पाएकालाई तुरुन्त भर्ना लिन अख्तियारको आदेश

२०७० मंसिर १८ गते १३:३९

काठमाण्डु, १८ मंसिर– अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले शिक्षा मन्त्रालयबाट गत साल एमबीबीएसमा छात्रवृत्ति पाएका विद्यार्थीहरुको भर्ना लिन मन्त्रालय र सम्बन्धित संस्थालाइ निर्देशन दिएको छ । आयोगले गत साल मेडिकल कलेजमा भएको सिट संख्याको आधारमा विद्यार्थीहरुको भर्ना लिन आदेश दिएको हो । गत वर्ष  छात्रवृत्ति...

प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी

२०७० मंसिर १८ गते ११:५७

काठमाण्डु, १८ मंसिर– सिराहा–५ बाट विजयी बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी परेको छ । प्रचण्डका निकटतम प्रतिद्वन्द्वी एवं नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठले मंगलबार पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङ्कसहित उजुरी गरेका हुन् । सोमबार रिपोर्टर्स क्लब...

‘नेतृत्व कसले गर्छ भन्ने घाम झैं छर्लङ्ग छ’

२०७० मंसिर १८ गते ११:४९

काठमाण्डु, १८ मंसिर- संविधानसभाको निर्वाचनबाट पहिलो र दोस्रो भएको काँग्रेस र एमालेबीच राष्ट्रपति फेर्ने नर्फेर्नेबार अझै पनि एक मत हुन सकेको छैन । त्यस्तै सरकार गठन कसले र कसरी गर्ने भन्नेमा पनि अझै अन्योल रहेको नेताहरुको अभिव्यक्तिबाट बुझिएको छ । मंगलबार रिपोटर्स क्लवमा भको...

‘बहिष्कार गर्नेहरु आज नआए भोलि आउँछ’

२०७० मंसिर १८ गते १०:२१

काठमाण्डु, १८ मंसिर– प्रमुख निर्वाचन आयक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने दलहरु बैठकमा सहभागी हुने विश्वास रहेको बताएका छन् । आयोगले मंगलबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा बोल्दै उप्रेतीले भने, ‘बहिष्कार गरेर बैठकमा नआएका दलहरु आज नआए भोलि आउँछ, हामीले मिति त दिएकै...

भ्रष्टाचार सुधारमा नेपाल २२ स्थान माथि

२०७० मंसिर १८ गते १०:१०

काठमाण्डु, १८ मंसिर– ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार सम्बन्धी सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार नेपाल भ्रष्ट्राचार निवारणमा सुधार गर्ने मुलुकमा २२ स्थान माथि आएको छ । यस वर्ष नेपाल भ्रष्टाचार अवधारणा सूचकांकमा केही सुधार गर्दै १ सय १६ औं स्थानमा आएको हो । यस अघि नेपाल भ्रष्टा...

अतिकम विकसितका लागि अन्तर्राष्ट्रिय केन्द्र चाहियोः अर्थमन्त्री

२०७० मंसिर १८ गते ९:३२

काठमाण्डु, १८ मंसिर– वाणिज्य तथा आपूर्ति र अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अतिकम विकसित राष्ट्रको व्यापार प्रवद्र्धन र दिगो आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको स्थापना हुनुपर्ने बताएका छन् । अतिकम विकसित राष्ट्र (एलडिसी)को व्यापार, सेवा र निर्यातमा बजारको पहुँच वृद्धि र क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै...

अनलाइन पत्रकारिता नियमन गर्न सरकारले पहल थाल्यो

२०७० मंसिर १८ गते ९:३०

काठमाण्डु, १८ मंसिर–अनलाइन पत्रिकाहरुलाई व्यवस्थित र नियमित गर्नका लागि सूचना तथा सञ्चार मन्त्रालयले औपचारिक पहल थालेको छ । अनलाइन खबर सन्चालन प्रक्रियालाई व्यवस्थापन गर्न मन्त्रालयले प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ । अनलाइन खबर सञ्चालन प्रक्रिया व्यवस्थापन सुझाव समिति...

देश नयाँ गतितिरः रेग्मी

२०७० मंसिर १८ गते ९:२१

इलाम, १८ मंसिर– अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनले देशलाई नयाँ गतितर्फ लगेको बताएका छन् । निर्वाचनपछि मुलुकमा शान्ति र स्थायित्व कायम हुने वातावरण बनेको दावी समेत उनले गरे । इलामको बाँझो गाविसको माङसेबुङस्थित किँरात धार्मिक गुरू आत्मानन्द लिङ्देनको ६० औँ हिरक जन्मोत्सवका...

समानुपातिक प्रतिनिधिको नाम दिन एक साताकाे समय

२०७० मंसिर १८ गते ९:०८

काठमाण्डु, १८ मंसिर– निर्वाचन आयोगले दलहरुले पाएको समानुपातिक सिट संख्या घोषणा गर्दै दलहरुलाई एक साताभित्र समानुपातिक प्रतिनिधिहरुका नाम पेश गर्न समय दिएको छ । दलहरुले पाएको मतअनुसार सिट संख्या बाँडफाँड गर्दै आउँदो २५ गतेभित्र आ–आफ्ना उम्मेदवारको सूची पेश गर्न आयागले सबै दलहरुलाई बैठकमा बोलाएर...

गैरकानुनी गहना भित्र्याउने दुई पक्राउ

२०७० मंसिर १८ गते ८:४१

पर्सा, १८ मंसिर– अवैद्य रुपमा नेपाल भित्र्याइएको चाँदीका गहनासहित दुईजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौटहट कटहरिया गाविस–५ का गुडडुकुमार सोनार र सोही ठाउँका प्रशन्त मिश्र रहेको छन् । चाँदीका रेडिमेड गरगहना भारतबाट खरिद गरी अवैध रुपमा भन्सार छली चोरी पैठारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us