प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ११:५७ मा प्रकाशित

Lilanath shrestha umlकाठमाण्डु, १८ मंसिर– सिराहा–५ बाट विजयी बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी परेको छ ।

प्रचण्डका निकटतम प्रतिद्वन्द्वी एवं नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठले मंगलबार पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङ्कसहित उजुरी गरेका हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर श्रेष्ठले प्रचण्डको पक्षमा दुई गाविसका तीन मतदान केन्द्र अन्तर्गतका ६ वटा बुथ कब्जामा लिएर अरुलाई मत हाल्नै नदिई सबै आफ्नो पक्षमा हालेको दावी गरे ।

उनले कब्जा गरिएका क्षेत्रमा पुनः मतदान गराउन माग गर्दै पुनः मतदान गराइए आफ्नो जित सुनिश्चित भएको जिकिर समेत गरे । श्रेष्ठले आफूलाई सिराहाको जनताले नहाराएकोले हार स्वीकार गर्ने प्रश्नै नउठ्ने बताए । उता एमाओवादीका अध्यक्ष प्रचण्डले नै निर्वाचन धाँधलीपूर्ण भएको बताउँदै छनबिन समिति नबने संविधानसभामा नजाने भन्दै निर्वाचनको मतपरिणाम बहिष्कार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us