‘बहिष्कार गर्नेहरु आज नआए भोलि आउँछ’

काठमाण्डु टुडे २०७० मंसिर १८ गते १०:२१ मा प्रकाशित

NIL_KANTHA_UPRETI_20130627090821काठमाण्डु, १८ मंसिर– प्रमुख निर्वाचन आयक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने दलहरु बैठकमा सहभागी हुने विश्वास रहेको बताएका छन् ।

आयोगले मंगलबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा बोल्दै उप्रेतीले भने, ‘बहिष्कार गरेर बैठकमा नआएका दलहरु आज नआए भोलि आउँछ, हामीले मिति त दिएकै छौं ।’ उनले समानुपातिक मत संख्या भनिएभन्दा बढी नभएको दावी गर्दै अस्थायी मतदातका कारण समानुपातिक मत बढी आएको जिकिर गरे ।

पत्रकार सम्मेलनका क्रममा संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ९० लाख ४४ हजार ८ सय ९८ मत सदर रहेको र ४ लाख ७१ हजार ८ सय २६ मत बदर भएको जानकारी दियएको छ । त्यस्तै समानुपातिकतर्फ ९४ लाख ६३ हजार ८ सय ६२ सदर र ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएको छ ।

बदर मत घट्यो

यस मतका आधारमा ७९.८२ प्रतिशत प्रत्यक्षतर्फ र ७८.३४ प्रतिशत समानुपातिकतर्फ मत खसेको आयोगले बताएको छ । अघिल्लो निर्वाचनको तुलनामा यसपटक ०.१९ प्रतिशत प्रत्यक्षमा र ०.४६ पतिशत समानुपातिकमा बद र मत घटेको आयोगको बतायो ।

खर्च पूरै भएन

निर्वाचन खर्च भने विनियोजन भएको सबै खर्च नभएको बताउँदे प्रमुख आयुक्त उप्रेतीले ४ अर्ब ८४ करोड मात्र खर्च भएको बताए । निर्वाचनका लागि मित्रराष्ट्रहरुबाट ४ अर्ब ७५ करोड र सरकारबाट ३ अर्ब गरी ७ अर्ब ७४ करोड विनियोजन भएको थियो ।

बैशाखमा स्थानीय चुनावको तयारी

त्यस्तै मंगलबारै विराटनगरमा भएको एक कार्यक्रममा उनले संविधानसभाको निर्वाचन सफतापूर्वक सम्पन्न भएपछि आयोगको ध्यान स्थानीय निर्वाचनतिर गएको बताएका थिए । उनले आउँदो बैशाखभित्रै स्थानीय निर्वाचन गर्न आफूहरु तयार रहेको बताउँदै यसबारे दलहरुसँग पनि कुराकानी भइरहेको बताए ।

उद्योग वाणिज्य संघ मोरङको ४२ औं साधारणसभाको उद्घाटन गर्दै उनले भने, ‘हामी पूर्ण रुपमा तयार छौं, मिति तोक्ने काम सरकारको हो, जहिले तोक्छ त्यहीबेला गछौं । स्थानीय निकायको निर्वाचन नभएको बर्षौं बितिसकेको छ, हाम्रो सुझव छ चाँडै गरौं ।’

आयोग प्राविधिक रुपले सुदृढ भइसकेको बताउँदै संविधानसभाको निर्वाचन इतिहासकै पहिलो पल्ट उत्साह र निश्पक्षका साथ भएको उप्रेतीको छ । एमाओवादी लगायतका दलहरुले आयोगको बैठक बहिष्कार गरेको सम्बन्धमा दलहरु बैठकमा नआए के गर्ने भन्ने बारे ऐनमा उल्लेख नभएको बताए । आयोगले दलहरुले समानुपातिकमा नामावली नपठाए खाली नै छाड्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us