देश नयाँ गतितिरः रेग्मी

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ९:२१ मा प्रकाशित

khilraj regmiइलाम, १८ मंसिर– अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनले देशलाई नयाँ गतितर्फ लगेको बताएका छन् । निर्वाचनपछि मुलुकमा शान्ति र स्थायित्व कायम हुने वातावरण बनेको दावी समेत उनले गरे ।

इलामको बाँझो गाविसको माङसेबुङस्थित किँरात धार्मिक गुरू आत्मानन्द लिङ्देनको ६० औँ हिरक जन्मोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा रेग्मीले इलामको विकास र धार्मिक क्षेत्रमा उल्लेख्य प्रगतिको पनि चर्चा गरे ।

झापाको दमक हुँदै रबिसम्म पुग्ने फाल्गुनन्दमार्गको स्तरोन्नतिका लागि पहल गर्ने बचनसमेत दिँदै अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरेकोमा सबैलाई धन्यवाद समेत दिए ।

सो अवसरमा सभासद सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं २ विकासको दृष्टिले पछि परेको हुनाले विकासमा सरकारले ध्यान दिन आग्रह गरे । जन्मोत्सव कार्यक्रममा स्विडेन, भारत, भुटान, हङकङ र बेलायतका विदेशी पाहुनाको समेत उपस्थिति रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us