
पर्सा, १८ मंसिर– अवैद्य रुपमा नेपाल भित्र्याइएको चाँदीका गहनासहित दुईजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौटहट कटहरिया गाविस–५ का गुडडुकुमार सोनार र सोही ठाउँका प्रशन्त मिश्र रहेको छन् । चाँदीका रेडिमेड गरगहना भारतबाट खरिद गरी अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई वीरगन्ज– १९ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जनाए ।
उनीहरुको साथबाट चाँदीको सिक्री दुई थान, चाँदीको लकेट ११ पिस, चाँदीको बाली आठ जोर, चाँदीको विछिया–६ जोर र चाँदीको झुम्का– ६ जोर बरामद भएको हो । बरामद गरिएका ती चाँदीका सामग्री वीरगन्ज भन्सार कार्यालयलाई बुझाइने प्रहरीले जनाएको छ ।