समाचार

‘राष्ट्रिय सहमति नभए बहुमतको सरकार’

२०७० मंसिर १८ गते ६:३३

काठमाण्डु, १८ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सबै दललाई सहमतिमा नयाँ सरकार गठन गर्ने बताएका छन् । राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भैरहेको उनको भनाइ छ । युरोपेली युनियनका राजदूतहरुसँग मंगलबार भएको भेटमा कोइरालाले सरकारमा एकीकृत माओवादी, नेकपा–माओवादी लगायत दलको सहमति जुटाउने प्रयास भैरहेको...

१६ दलबाट निर्वाचन आयोगको बैठक बहिस्कार

२०७० मंसिर १८ गते ६:२३

काठमाण्डु, १८ मंसिर–एकीकृत नेकपा माओवादी सहित १६ दलले निर्वाचन आयोगले मंगलबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका छन् । चुनावमा संस्थागत धाँदली भएको दावी गर्दै आएका दलहरुले बैठक बहिस्कार गरेका हुन् । मंसिर चार गते सम्पन्न संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले पाएको मत र सिट संख्याबारे...

राष्ट्रपति र उपराष्ट्रपति फेर्नुपर्छ : खनाल

२०७० मंसिर १८ गते ५:२१

काठमाण्डु, १८ मंसिर– नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको नयाँ जनादेशबाट राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नु पर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बल्खुमा मंगलबार विहान पत्रकारहरुसँग कुरा गर्दै खनालले चुनावले पुनः संरचना गर्दै अघि बढ्ने जनादेश दलहरुलाई दिएकोले हालका राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन...

एमाओवादीले भेटायो धाँधलीको प्रमाण

२०७० मंसिर १८ गते ५:०७

काठमाण्डु, १८ मंसिर–संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न एकीकृत नेकपा माओवादीले गठन गरेको छानविन समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउँदै छ । केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपरान्ह अध्यक्ष प्रचण्डसमक्ष प्रतिवेदन बुझाइने समितिका सदस्य रामचन्द्र झाले जानकारी दिए । के भेटियो...

राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै : पाण्डे

२०७० मंसिर १८ गते ५:०३

चितवन, १८ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डेले संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति कायमै रहनु पर्ने धारणा राखेका छन् । चितवन सदरमुकाम भरतपुरमा मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानमा स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिको समयावधि तोकिएकोले कसैले कहीँबाट औंला उठाउने ठाउँ...

युथफोर्स केन्द्रीय सदस्य पक्राउ

२०७० मंसिर १८ गते ४:५५

चितवन, १८ मंसिर–ठूला दलका नेता कार्यकर्ताको पक्राउलगत्तै छोड्न दबाब पर्ने भएपछि प्रहरीले पक्राउलगत्तै म्याद थपको रणनीति अख्तियार गरेको छ । चितवन क्षेत्र नं ३ का एकीकृत नेकपा (माओवादी)का उम्मेदवार नारायण दाहालको गाडीमाथि तोडफोड गरेको अभियोगमा सोमबार बिहान पक्राउ परेका नेकपा (एमाले)का प्रकाश रेग्मीलाई प्रहरीले...

पराजयको मुख्य कारण पार्टी फुट : एमाओवादी

२०७० मंसिर १८ गते ३:४७

कञ्चनपुर, १८ मंसिर–दोस्रो संविधानसभा निर्वाचनमा देशैभरि अनपेक्षित परिणाम व्यहोरेको एकीकृत नेकपा माओवादी कञ्चनपुरले पार्टी फुटका कारण जिल्लामा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रले जनताले मत दिए पनि सुरक्षाकर्मीको समेत सहभागीतामा संस्थागत धाँधली गरेर हराइएको निष्कर्ष निकालेको बेला कन्चनपुर जिल्ला पार्टीले भने फुटलाई...

द्वन्द्वपीडितद्वारा जीवनरक्षाको याचना

२०७० मंसिर १८ गते ३:४१

जाजरकोट, १८ मंसिर– जाजरकोटको खलङ्गा गाविस ८ पिपेका १५ वर्षीय बालक गोपाल बस्नेत ओछ्यानमा थलिएको एक वर्ष बित्यो । द्वन्द्वपीडितसमेत रहेका बस्नेत पेट सुनिने, छाती दुख्ने, स्वासप्रस्वास गर्न नसक्नेलगायतका रोगका कारण थला परेका हुन् । आर्थिक अभावमा उपचार नपाई जीवनमरणको दोसाँधमा पुगेका बस्नेतले आफ्नो...

छात्रा बेहोस भएपछि अभिभावक चिन्तित

२०७० मंसिर १८ गते २:५९

दार्चुला, १८ मंसिर–दार्चुलाको खार गाविसमा रहेको लटिनाथ उच्च माविमा अध्ययनरत छात्राहरु एक्कासि बेहोस हुन थालेपछि अभिभावकहरु चिन्तित भएका छन् । सोमबार कक्षा ७ मा अध्ययनरत छात्रा शान्ति ठगुन्ना र जउला ठगुन्ना बेहोस भएका हुन् । कक्षा कोठामा बसिरहेका बेला उनीहरु लडेका थिए । प्रधानाध्यापक...

आज २२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

२०७० मंसिर १८ गते १:५०

काठमाण्डु, १८ मंसिर–‘अवरोधहरु हटाऊ, सबैका लागि समावेशी समाजको मार्ग खोलौं’ भन्ने नाराका साथ २२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मंगलबार नेपालमा पनि बिभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदै छ । राष्ट्रिय अपाङ्ग महासंघ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा काठमाण्डुको बसन्तपुरमा प्रभातफेरी...

दुई महिनाभित्र पिडिए गर्ने बोर्डको तयारी

२०७० मंसिर १७ गते १६:२३

काठमाण्डु, १७ मङ्सिर–लगानी बोर्डले आगामी दुई महिनाभित्र वैदेशिक लगानीका ठूला जलविद्युत् आयोजनासँग आयोजना विकास सम्झौता (पिडिए) गर्ने भएको छ । मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्नका लागि महत्वपूर्ण मानिएका आयोजनासँग पिडिएको प्रक्रिया अगाडि बढेपछि निर्माण प्रक्रिया सुरु हुनेछ । बोर्डले माथिल्लो कर्णाली ९०० मेगावाटलाई...

रामचन्द्र हराउन खोजेको भन्दै गोविन्दमाथि कारबाही सिफारिस

२०७० मंसिर १७ गते १४:१६

तनहुँ, १७ मंसिर– नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर–२ ले ४ पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि कारबाही सिफारिस गरको छ । मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्ने उद्देश्यले बागी उम्मेदवारलाई सघाएको आरोपमा जोशीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us