राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै : पाण्डे

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ५:०३ मा प्रकाशित

Bikram-Pandeचितवन, १८ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डेले संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति कायमै रहनु पर्ने धारणा राखेका छन् । चितवन सदरमुकाम भरतपुरमा मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानमा स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिको समयावधि तोकिएकोले कसैले कहीँबाट औंला उठाउने ठाउँ नरहेको तर्क गरे ।

महामन्त्री पाण्डेले यथासक्य छिटो संविधान बनाउन छोडेर संविधान संशोधनतर्फ लाग्नु गलत हुने बताए । जहिले पनि माइन्यूट परिवर्तन गर्नाले समयमा संविधान बन्न अवरोध पुग्ने उनको भनाई थियो ।

ठूलो पार्टी भएकाले सरकारको नेतृत्व गर्ने पहिलो अधिकार काँग्रेसलाई भएको भन्दै उनले काँग्रेसले सरकार नबनाए दोस्रो पार्टी एमालेले सरकारको नेतृत्व लिनुपर्ने धारणा राखे । उनले भने, ‘देशमा संविधान बनाउने हो भने जनमतको कदर गरेर दलहरू संवेदनशील हुनुको विकल्प छैन ।’

एक फरक प्रसङ्गमा महामन्त्री पाण्डेले एकीकृत नेकपा माओवादी सहितका दलहरूले निर्वाचन आयोगमा समानुपातिक नामावली नपठाउने निर्णयको कुनै तुक नभएको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us