‘राष्ट्रिय सहमति नभए बहुमतको सरकार’

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ६:३३ मा प्रकाशित

sushilकाठमाण्डु, १८ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सबै दललाई सहमतिमा नयाँ सरकार गठन गर्ने बताएका छन् । राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भैरहेको उनको भनाइ छ ।

युरोपेली युनियनका राजदूतहरुसँग मंगलबार भएको भेटमा कोइरालाले सरकारमा एकीकृत माओवादी, नेकपा–माओवादी लगायत दलको सहमति जुटाउने प्रयास भैरहेको जानकारी गराएका हुन् । आफ्नै निवास महाराजगन्जमा भएको भेटमा कोइरालाले सबैको सहमतिमा सरकार गठन गरी एक बर्षभित्र नयाँ संविधान बनाउने बताएका थिए ।

सहमतिको लागि अन्तिम समयसम्म प्रयास गर्ने र सहमति नभए लोकतान्त्रिक विधिबाट अघि बढ्ने कोइरालाले बताएको भेटमा सहभागी काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिए ।

युरोपेली युनियनको टोलीले छिटो संविधान बनाएर स्थानीय निकायको चुनाव गराउन सुझाव दिएको थियो । उनीहरुले चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै काँग्रेस सभापति कोइरालालाई बधाइ पनि दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us