
काठमाण्डु, १८ मंसिर– नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको नयाँ जनादेशबाट राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नु पर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा मंगलबार विहान पत्रकारहरुसँग कुरा गर्दै खनालले चुनावले पुनः संरचना गर्दै अघि बढ्ने जनादेश दलहरुलाई दिएकोले हालका राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नु पर्ने तर्क गरेका हुन् ।
अध्यक्ष खनालले सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले नयाँ जनादेशलाई आत्मसाथ गर्दै सबैलाई मिलाएर अघि बढ्नु पर्नेमा जोड दिए ।