छात्रा बेहोस भएपछि अभिभावक चिन्तित

काठमाण्डु टुडे २०७० मंसिर १८ गते २:५९ मा प्रकाशित

दार्चुला, १८ मंसिर–दार्चुलाको खार गाविसमा रहेको लटिनाथ उच्च माविमा अध्ययनरत छात्राहरु एक्कासि बेहोस हुन थालेपछि अभिभावकहरु चिन्तित भएका छन् । सोमबार कक्षा ७ मा अध्ययनरत छात्रा शान्ति ठगुन्ना र जउला ठगुन्ना बेहोस भएका हुन् ।

कक्षा कोठामा बसिरहेका बेला उनीहरु लडेका थिए । प्रधानाध्यापक अर्जुनसिंह ठगुन्नाले गएको हप्ता पनि सो विद्यालयका केही छात्राहरु बेहोस भएका थिए । एक्कासी बेहोस हुनुको कारण भने नखुलेको अभिभावकहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us