सिन्धुपाल्चोक, १९ मंसिर– चीनबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा १७ किलो सुन सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली महिला र दुई चिनियाँ नागरिक रहेका छन् । तातोपानी भन्सार नाकाबाट लुकाइ छिपाइ सुन नेपाल भित्राउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...
काठमाण्डु, १९ मंसिर–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशको आधारमा सहमतिको सरकार गठन गरी संविधान लेखन कार्य शुरु गर्ने बताएका छन् । निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुसँग पनि सहमति कायम गरिने पौडेलको भनाइ छ । नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत चाल्र्स कारबाईलसँग बुधबार...
इलाम, १९ मंसिर–इलामका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–३ स्थित पदम तामाङको घरमा रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर इलाम नगरपालिका–६ तिल्केनीका टीका खवासको मृत्यु भएको छ । रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर भुइँमा लडेर घाइते भएका खवासको...
मङ्गलबारे, १९ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रिया र विकास गतिविधि सँगसँगै हुँदै जाने बताएका छन् । इलामको इभाङ–६ स्थित मतदातासँगको भेटघाट कार्यक्रममा नेम्वाङले दलहरूबीच सहमति गरेर एक वर्षमा संविधान बनाउने र विकास...
काठमाण्डु, १९ मंसिर– पाँच दशकभन्दा अघि नेपाल र भारतबीच भएको गण्डक सम्झौता पुनरावलोकन गर्न नवलपरासीका सुस्ताबासीले माग गरेका छन् । सन् १९५९ डिसेम्बर ४ तारिकमा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो । आजभन्दा ५४ बर्ष अघि भएको विभेदकारी गण्डक सम्झौतापछि नेपाली पक्षले सैयौं...
काठमाण्डु, १९ मंसिर– मुख्य राजनीतिक दलहरुले समानुपातिक तर्फका सभासद छनौटको गृहकार्य शुरु गरेका छन् । समानुपातिक तर्फका सभासद सिफारिस गर्न निर्वाचन आयोगले सात दिनको समय दिएकाले दलहरु त्यसको गृहकार्यमा जुटेका हुन् । सभासद छनौटबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार अपरान्ह बस्दै...
काठमाण्डु, १९ मंसिर– संविधानसभा निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको एकीकृत नेकपा माओवादीले बुधबार छानविन प्रतिवेदन सार्बजनिक गर्दै छ । नेता बर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको ६३ पृष्ठ लामो छानविन प्रतिवेदन काठमाण्डुमा पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागिएको हो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर...
काठमाण्डु, १९ मंसिर–स्वर सम्राट नारायण गोपालको २२ औं स्मृति दिवस बुधबार संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन् । उनको सम्झनामा बुधबार महाराजगञ्जस्थित उनकै घरमा साङ्गितिक कार्यक्रम आयोजना गरिएको छ । साथै महाराजगन्ज चोकमा रहेको नारायण गोपालको शालिकमा माल्यार्पण गरिएको छ । नारायणगोपालले झण्डै ५...
बागलुङ, १९ मंसिर–बागलुङका दृष्टिविहीन अमिट केसीले सन् २०१५ को मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । आरोहणका लागि लाग्ने आर्थिक खर्चको जोहोका लागि केसीले सबैसँग सहयोगको अपिल पनि गरेका छन् । सार्वजनिक अपिल जारी गर्दै केसीले सगरमाथा आरोहणका लागि करिब...
दमौली, १९ मंसिर–तनहुँको व्यास नगरपालिकामा लामो समयपछि वारुणयन्त्र भित्रिए पनि दक्ष प्राविधिकको अभावका कारण सञ्चालनमा कठिनाइ भएको छ । वारुणयन्त्र भित्रिएको एक महिना हुन लागिसक्दा पनि दक्ष प्राविधिकको अभावका कारण सञ्चालन हुन नसकेको हो । गत कात्तिक २४ गते दमौली भित्रिएको सो वारुणयन्त्र अहिले...
दमक, १९ मंसिर–झापाको दमक–१३ स्थित खनाल होेटलमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मंगलबार राति १० बजे ग्यास सिलिन्डरबाट शुरु भएको आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको होटल सञ्चालक लोकनाथ खनालले जानकारी दिए । आगलागीमा परी एउटा...
मोरङ, १८ मंसिर– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको आचारण एवम् व्यवहारलाई समय अनुकूल सुधार गर्दै संगठनको आन्तरिक सुदुढीकरण गर्न निर्देशन दिएका छन् । आमजनतामा प्रहरीको छवि सुधार गरी जनताको सेवक हुन् भन्ने प्रमाणित गर्न पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी अधिकृत...