आगलागीमा पन्ध्र लाख बढीको क्षति

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १:२८ मा प्रकाशित

jhapa_district_mapदमक, १९ मंसिर–झापाको दमक–१३ स्थित खनाल होेटलमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । मंगलबार राति १० बजे ग्यास सिलिन्डरबाट शुरु भएको आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको होटल सञ्चालक लोकनाथ खनालले जानकारी दिए ।

आगलागीमा परी एउटा फ्रिज, इन्भर्टर, साइकल दुईवटा, पङ्खा, कुर्सी, टेबल तथा चिसो पेयपदार्थ भएका कार्टुन जलेर नष्ट भएका छन् । दमक नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us