१७ किलो सुनसहित तीनजना पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ६:१२ मा प्रकाशित

tatopaniसिन्धुपाल्चोक, १९ मंसिर– चीनबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा १७ किलो सुन सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली महिला र दुई चिनियाँ नागरिक रहेका छन् ।

तातोपानी भन्सार नाकाबाट लुकाइ छिपाइ सुन नेपाल भित्राउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको अध्यागमन विभागले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मार्मिङ ८ की तामाङ थरकी एक महिला र दुई चिनियाँ नागरिक रहेका छन् । ति महिलाले कम्मरमा बाँधेर ९ किलो सुन ल्याएकी थिइन् । अन्य ८ किलो सुन दुई चिनियाँ नागरिकको साथबाट बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुको सकृयतामा उनीहरुलाई विहान ११ बजे तिर पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us