एमाओवादीले धाँधली छानविन प्रतिवेदन सार्बजनिक गर्दै

काठमाण्डु टुडे २०७० मंसिर १९ गते २:४३ मा प्रकाशित

Perisdadaकाठमाण्डु, १९ मंसिर– संविधानसभा निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको एकीकृत नेकपा माओवादीले बुधबार छानविन प्रतिवेदन सार्बजनिक गर्दै छ । नेता बर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको ६३ पृष्ठ लामो छानविन प्रतिवेदन काठमाण्डुमा पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागिएको हो ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो सार्बजनिक गरिने एकीकृत माओवादीले जनाएको छ ।

एक साता लगाएर गरिएको छानविनमा मतदानपछि र मत गणना शुरु हुनु अघि संस्थागत, संरचनागत र नीतिगत रुपमा धाँधली भएको पत्ता लागेको नेता पुनले जानकारी दिए ।

छानविन प्रतिवेदन मंगलबार एमाओवादी अध्यक्ष प्रचण्डलाई बुझाइएको थियो । प्रतिवेदन बुझाउँदै नेता पुनले सरकारले पनि स्वतन्त्र छानविन आयोग गठन गर्नु पर्ने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us