वारुणयन्त्र भित्रिए पनि सञ्चालन भएन

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १:३२ मा प्रकाशित

Byas-Nagarpalika-Tanahuदमौली, १९ मंसिर–तनहुँको व्यास नगरपालिकामा लामो समयपछि वारुणयन्त्र भित्रिए पनि दक्ष प्राविधिकको अभावका कारण सञ्चालनमा कठिनाइ भएको छ । वारुणयन्त्र भित्रिएको एक महिना हुन लागिसक्दा पनि दक्ष प्राविधिकको अभावका कारण सञ्चालन हुन नसकेको हो ।

गत कात्तिक २४ गते दमौली भित्रिएको सो वारुणयन्त्र अहिले कार्यालय हातामा त्यत्तिकै थन्किएको छ ।

वारुणयन्त्र चालक र त्यसको सञ्चालनका लागि चाहिने दक्ष प्राविधिक यान्त्रिक कार्यालय र इन्जिनियरिङ क्याम्पस पोखराबाट ल्याउने तयारी भइरहेको नगरपालिकाका इन्जिनियर राजु पौडेलले जानकारी दिए ।

व्यास नगरपालिकाकै जगेडा कोषको ६२ लाख १८ हजार रुपैयाँ लागतमा सो वारुणयन्त्र ल्याइएको थियो । गत वर्ष वैशाख ८ गते वारुणयन्त्र खरिदका लागि टेन्डरमा भएको सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रा.लि. काठमाण्डुले व्यास नगरपालिकामा वारुणयन्त्र ल्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us