समाचार

विषादी मिसाइएको दूध पिउँदा बालकको मृत्यु

२०७० मंसिर २० गते ७:५७

गौशाला, २० मङ्सिर–विषादी मिलाइएको दूध पिउँदा महोत्तरीको बनौली–दनौली गाविसमा बिहिवार बिहान एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बनौली–दनौली गाविस– ६ बस्ने रामसागर मुखियाका ६ वर्षीय छोरा श्रवण मुखिया रहेका छन । बिरालालाई मार्ने उद्देश्यले घरमा विषादी मिलाइराखेको दूध बालकले बिहान ८ बजे...

भूपरिवेष्ठित राष्ट्रले अधिकारको लागि आवाज उठाउने

२०७० मंसिर २० गते ६:४५

काठमाण्डु, २० मंसिर–अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले जटिल, झन्झटिलो र खर्चिलोका कारण भूपरिवेष्ठित देशका उत्पादन प्रतिस्पर्धी बन्न नसकेको बताएका छन् । इन्डोनेसियाको बालीमा भूपरिवेष्ठित राष्ट्रहरुको बैठकलाई विहीबार विहान सम्बोधन गर्दै मन्त्री कोइरालाले यस्तो अवस्था भोगिरहेका मुलुकहरुको व्यापार सहजीकरण गर्न पारवहनमा सुधार...

ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु

२०७० मंसिर २० गते ६:३७

धादिङ, २० मंसिर–धादिङको बैरेनीमा विहीबार विहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेका १९ बर्षीय रुपेश पराजुली र धादिङ जीबनपुरका २० बर्षीय सुदीप गजुरेल रहेका छन् । बा ४१ प ५४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विहान १० बजेतिर ना...

कोइराला र खनालबीच भेटवार्ता

२०७० मंसिर २० गते ६:२०

काठमाण्डु, २० मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच सरकार गठन लगायतका विषयमा विहीबार छलफल भएको छ । एमालेले ताजा जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनु पर्ने बताएको र काँग्रेसले त्यसलाई अस्वीकार गरिरहेको बेला भएको दुई शीर्ष नेताहरुको भेटवार्तालाई...

महेन्द्रनगर-झोलुङ्गे पुल सडक अवरुद्ध

२०७० मंसिर २० गते ४:३२

कञ्चनपुर, २० मंसिर–महेन्द्रनगरदेखि झोलुङ्गे पुल पुग्ने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै स्थानीय बासिन्दाले विहीबार बिहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका छन् । बसन्तपुर–१३ स्थित साझा चौराहामा जम्मा भएर स्थानीयले बिहानैदेखि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् । सडक अवरुद्ध भएपछि महाकाली नदीबाट बालुवा, गिट्टी...

सभासद छान्दै एमाले

२०७० मंसिर २० गते ३:४८

काठमाण्डु, २० मंसिर– नेकपा एमालेले समानुपातिक सभासद छनौटको गृहकार्य जारी राखेको छ । सभासद छनौटको लागि विहीबार पनि स्थायी कमिटी बैठक बस्दै छ । पार्टी मुख्यालय बल्खुमा दिउँसो बस्ने बैठकले सभासद छनोटको मापदण्ड तयार पारेर योग्य व्यक्ति चयन गर्ने उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए...

महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइदै

२०७० मंसिर २० गते ३:२५

काठमाण्डु, २० मंसिर– दशौं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाइदै छ । महिला स्वास्थ्य स्वयंसेविकाले स्वस्थ समाज निर्माणको लागि पुर्याएको योगदानको कदरमा यो दिवस मनाउने गरिन्छ । नेपालमा २०४६ सालबाट महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम शुरु भएको हो । देशमा अहिले...

न्याय परिषदको बैठक बस्दै

२०७० मंसिर २० गते २:४५

काठमाण्डु, २० मंसिर– न्यायाधीश नियुक्ति लगायत विषयमा छलफल गर्न न्याय परिषदको बैठक विहीबार बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा सर्बोच्च अदालत र पुनरावेदन अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तीबारे छलफल हुने छ । सर्बोच्च अदालतमा ९ जना अस्थायी न्यायाधीशको पद रिक्त छ...

ट्रक दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

२०७० मंसिर २० गते २:४२

कावासोति, २० मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तम्सरीयामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । ना ३ ख २७५१ नम्बरको ट्रक तम्सरिया–५ फूलबारी घुम्तिमा गएराति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा उदयपुर घर भएका ६४ बर्षीय ट्रक धनि खड्क...

पूर्वयोजना तर्जुमा गोष्ठी अवरुद्ध

२०७० मंसिर २० गते २:०६

जुम्ला, २० मंसिर–जिल्ला विकास समिति जुम्लाले आर्थिक वर्ष २०७१÷७२ का लागि आयोजना गरेको पूर्वयोजना तर्जुमा गोष्ठी दलीय असहमतिका कारण अवरुद्ध भएको छ । जुम्लाका राजनीतिक दलहरुले यो वर्ष जुम्ला न्यूनतम सर्त मापनमा फेल हुनु, जिल्लाको विकासका लागि स्वयम् कार्यालय प्रमुख तथा कर्मचारीबाट पारदर्शी आर्थिक...

लायन्स क्लबस् अन्तर्राष्ट्रिय सम्मेलन आज

२०७० मंसिर २० गते १:५९

काठमाण्डु, २० मंसिर–लायन्स क्लबस् अन्तर्राष्ट्रियको ४१औं क्षेत्रीय सम्मेलन विहीबारदेखि काठमाण्डुमा सुरु हुदै छ  । हायात रिजेन्सी होटलमा हुने सम्मेलन आउँदो शनिबारसम्म चल्ने छ । राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने उक्त सम्मेलनमा युरोप, अमेरिका र अस्ट्रेलियाका आमन्त्रित पाहुनाहरू समेत सहभागी हुने आयोजक समितिका सभापति...

हिमालय क्षेत्रको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धता

२०७० मंसिर २० गते ०:०४

काठमाण्डु, २० मङ्सिर–हिमालय क्षेत्रको विकास र उत्थानका लागि यस क्षेत्रका मुलुकहरूको सहकार्यलाई अझ मजबुद बनाउँदै यहाँको जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धताका साथ हिन्दूकुश हिमालय क्षेत्रमा गरिबी र जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । राष्ट्रिय योजना आयोग र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us