समाचार

नयाँ जनादेश अनुसार राष्ट्रपति : विष्ट

२०७० मंसिर २१ गते ५:४८

बुटवल, २१ मंसिर-नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वचित संविधानसभा सदस्य गोकर्णराज विष्टले नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपतिको चयन हुनुपर्ने बताएका छन् । दोस्रो संविधानसभाबाट नयाँ जनादेश प्राप्त भएकाले सोही जनादेशअनुसार राष्ट्रपति चुन्नुपर्ने उनको भनाइ छ । नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ रुपन्देही सम्पर्क...

बससँग ठोक्किएर भ्यान चालकको मृत्यु

२०७० मंसिर २१ गते ४:१७

राजविराज, २१ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहनपुरमा शुक्रबार बिहान यात्रुवाहक बस र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा म्याजिक भ्यान चालकको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ८१४६ नम्बरको शिवपार्वती ट्राभल्सको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...

मण्डेलाप्रति नेकपाको श्रद्धाञ्जलि

२०७० मंसिर २१ गते ४:१०

काठमाण्डु, २१ मंसिर–जातिभेद तथा रङ्गभेदविरोधी आन्दोलनका अग्रणी नेता तथा दक्षिण अफ्रिकाका काला जातिका पहिलो राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले गहिरो दुःख प्रकट गर्दै दिवङ्गत नेताप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीद्वारा शुक्रबार जारी विज्ञप्तिमा मण्डेलाको...

नेपाल जेसिजको ४० औं महाधिवेशन बागलुङमा

२०७० मंसिर २१ गते ४:०८

बागलुुङ, २१ मंसिर–नेपाल जेसिजको चालिसौं राष्ट्रिय महाधिवेसन आगामी पुस १२ देखि १४ गतेसम्म बागलुङमा हुने भएको छ । नेपाल जेसिजले बागलुङ जेसिजको आतिथ्यतामा सम्मेलन गर्न लागेको हो । महाधिवेशनमा भाग लिन नेपालभरका तीन हजारभन्दा बढी जेसी युवा बागलुङमा भेला हुने आयोजक समितिका सहनिर्देशक सुदीप...

सिसिटिभीमा बारुलाको गोलो

२०७० मंसिर २१ गते ३:३४

कावासोती, २१ मंसिर–नवलपरासी सदरमुकाम परासीका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिएको डेढ वर्ष बितिसक्दा पनि मर्मततर्फ कसैले चासो देखाएका छैनन् । जिल्ला प्रहरी कार्यालय र उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका सबै क्यामरा काम नगर्ने भए पनि मर्मततर्फ दुवै पक्षले चासो नदेखाउँदा अहिले...

आयोजना निर्माणपछि खानेपानीको सुविधा

२०७० मंसिर २१ गते ३:३०

प्यूठान, २१ मंसिर–खानेपानी आयोजना निर्माण भएपछि प्यूठान दाखाक्वाडी–८ का स्थानीयवासीलाई पिउनेपानीको सुविधा भएको छ । खोला र कुवाको दूषित पानी पिउँदै आएका स्थानीयवासीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको सहयोगमा धाइरेचौर र भलवाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएपछि खानेपानीको सहज भएको हो ।...

काँग्रेसमा सभासद चयनको किचलो

२०७० मंसिर २१ गते ३:०९

काठमाण्डु, २१ मंसिर–नेपाली काँग्रेसमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आ–आफ्ना पक्षका नेताहरु धेरै पर्ने गरी नाम प्रस्ताव गरेपछि विवाद भएको हो । यसअघि कोइराला, देउवा र पौडेलबीच समानुपातिक सभासद चयनबारे...

एमालेले सभासद चयनको मापदण्ड बनाउदै

२०७० मंसिर २१ गते ३:०५

काठमाण्डु, २१ मंसिर–नेकपा एमालेले समानुपातिक सभासद छनोटको मापदण्डलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरेको छ । स्थायी कमिटीको शुक्रबारको बैठकले सभासद छनोटको मापदण्ड तयार पार्ने एमालेले जनाएको छ । पार्टीमा पुर्याएको योगदानको आधारमा योग्य सभासद चयन गर्ने सचिव विष्णु पौडेले जानकारी दिए । निर्वाचनमा...

झलनाथलाई फकाउन सुशील डल्लुमा

२०७० मंसिर २० गते १६:४६

काठमाण्डु २० मङ्सिर–राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्ने अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष झलनाथ खनाललाई फकाउन काँग्रेस सभापति सुशिल कोइराला उनकै निवास डल्लु पुगेका छन । काँग्रेसका सभापति सुशील कोइरालाले बिहिवार अध्यक्ष झलनाथ खनालसँग खनाल निवास डल्लुमा भेटवार्ता गरेका छन । सो भेटमा आगामी सरकार...

घाइते एमाओवादी कार्यकर्ताको निधन

२०७० मंसिर २० गते १६:२०

ओखलढुङ्गा, २० मङ्सिर–ओखलढुङ्गामा मङ्सिर १ गते भएको बस दुर्घटनामा परी घाइते भएका एकीकृत नेकपा (माओवादी)का एक जना कार्यकर्ताको बिहिवार मृत्यु भएको छ । सदरमुकामबाट निसंखेतर्फ गएको बस ठूलाछाप गाविसको कुँडुलेमा दुर्घटना हुँदा गम्भीर घाइते भएका कुइभीर गाविसका २४ वर्षीय चतुरमान राईको उपचारका क्रममा मृत्यु...

सिरहा जाँदाजाँदै जनकपुरमै के भने प्रचण्डले ?

२०७० मंसिर २० गते १३:२५

धनुषा, २० मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रपति फेर्नेबारे आफूहरुले विषय प्रवेश नगरेको स्पष्ट पारेका छन् । उनले भने, ‘असहज र अस्वाभाविक खालको निर्वाचन परिणामको छानबिन गर्न एउटा आयोग बनोस् भन्नेबारे दलहरुबीच कुरा भइरहेको छ । हामी राष्ट्रपति के हुने भन्नेबारेमा प्रवेश...

सशस्त्रद्वारा विजेता खेलाडीहरुलाई ४ लाख

२०७० मंसिर २० गते १३:०६

काठमाण्डु, २० मंसिर– सशस्त्र प्रहरी बल (एपिएफ)ले विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा नेपाललाई पुर्‍याउन सफल राष्ट्रिय क्रिकेट टिमका खेलाडी, पदाधिकारी र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले टोलीलाई फूलमाला र अबिरले सम्मान गर्दै टिम कप्तान पारस खड्कालाई एकमुष्ट चार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us