एमालेले सभासद चयनको मापदण्ड बनाउदै

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ३:०५ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, २१ मंसिर–नेकपा एमालेले समानुपातिक सभासद छनोटको मापदण्डलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरेको छ । स्थायी कमिटीको शुक्रबारको बैठकले सभासद छनोटको मापदण्ड तयार पार्ने एमालेले जनाएको छ ।

पार्टीमा पुर्याएको योगदानको आधारमा योग्य सभासद चयन गर्ने सचिव विष्णु पौडेले जानकारी दिए ।

निर्वाचनमा आयोगमा बुझाइएको ३ सय ३५ जनाको समानुपातिक सूचीबाट समावेशी सिद्धान्तको आधारमा ८४ जनाको नाम एमालेले छान्नु पर्ने छ ।

आयोगले गत मंगलबार एकसाताको समय दिदै समानुपातिक तर्फका सभासदको नामावली बुझाउन दलहरुलाई आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us