काठमाण्डु,२२ मङ्सिर–एकीकृत नेकपा (माओवादी)लगायतका विभिन्न १६ राजनीतिक दलले संविधानसभा निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग पुनः दोहोयाएको छ । एकीकृत नेकपा (माओवादी)लगायतका विभिन्न १६ राजनीतिक दलका तर्फबाट गठन गरिएको कार्यदलको शुक्रवार बसेको बैठकले संविधानसभा निर्वाचनको विश्वसनीयतामाथि उठेको प्रश्नलाई...
सिरहा, २१ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे छानविन गर्नुपर्ने आफूहरुको माग सुनुवाई नभए सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । संविधानसभा निर्वचनमा आफू विजयी भएको सिरहा–५ का मतदातालाई धन्यवाद दिन पुगेका उनले देशी विदेशी प्रतिक्रियावादी शक्ति र सुरक्षा...
काठमाण्डु, २१ मंसिर– संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको नेपाली काँग्रेसले राष्ट्रिय सहमति निर्माणका लागि अन्य दलसँग वार्ता थाल्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय बोर्ड बैठकले सरकार गठन र एक वर्षभित्र संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग...
काठमाण्डु, २१ मंसिर– राष्ट्रिय जनमोर्चाले पार्टीका तर्फबाट समानुपातिक सभासद सिफारिस गरेको छ । राजधानीमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीले पाउने तीन सिटमा चित्रबहादुर केसी, दुर्गा पौडेल र मिना पुनलाई सिफारिस गरेको हो । केसी जनमोर्चाका अध्यक्ष, पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम...
जनकपुरधाम, मङ्सिर–राम–सीताको जोडीलाई आदर्श जोडी मानिए पनि विवाहपञ्चमीका दिन मिथिलावासीले आफ्ना छोरीको विवाह गर्नुहुन्न भन्ने जनविश्वास छ । करिब नौ लाख वर्षपूर्व त्रेतायुगमा मार्गशुक्ल पञ्चमी तिथिमा जनकनन्दनी सीताको विवाह अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र रामसँग भएको थियो । त्यो दिन सोमबार र नक्षत्र भने...
काठमाण्डु, २१ मंसिर– समानुपातिक सभासद चयनमा विवाद भएपछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठकमा नामावली चयनमा सहमति नभएपछि आउँदो मंसिर २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सभासद छनोटको मापदण्ड तयार गरेको छ ।...
काठमाण्डु २१ मङ्सिर–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अब चाँडै नै संविधानसभाको अधिवेशन प्रारम्भ भई नयाँ सरकारको गठन तथा संविधान निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चौथो प्राज्ञसभा एवम् कला प्रदर्शनी २०७० को उद्घाटन गर्दै अध्यक्ष रेग्मीले भने “स्वच्छ, निष्पक्ष...
काठमाण्डु, २१ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनालीविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार मैनालीसहित विभागकै कम्प्युटर अपरेटर पप्पुकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुमाथि कागजातमा दोहोरो अर्थ लाग्ने गलत विवरण उल्लेख...
काठमाण्डु, २१ मंसिर– कााग्रेस सभापति सुशील कोइरालाले दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति एवम् रङ्गभेदविरोधी नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा जोहान्सवर्गमा निधन भएको खबरबाट आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सभापति कोइरालाले शुक्रबार एक शोक सन्देश जारी गर्दै दक्षिण अफ्रिकामा रङ्गभेद शासनको...
काठमाण्डु, २१ मंसिर–राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रको मागमा सम्झौता हुन सक्ने बताएका छन् । रिपोर्टर्स क्लवले राष्ट्रिय सहमतिको वातावरण बनाउन सुरु गरेको दबाब अभियानअन्तर्गत शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा थापाले सहमति र सम्झौताबाट अघि बढ्न तयार रहेको...
काठमाण्डु, २१ मंसिर– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकार गठनमा नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ । अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार काँग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भेटी जनादेशअनुसार काँग्रेसले सरकार चलाउन पाउनुपर्ने बताएका हुन् । कोइरालाको निजी सचिवालयका अनुसार गच्छदारले काँग्रेस नेतृत्वमा बन्ने...
सिरहा, २१ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासले गति नलिएसम्म सिराहाका जनतासँगै रहने बताएका छन् । आफू निर्वाचित सिरहा क्षेत्र नम्बर ५ मा शुक्रबार मतदाता भेटघाट कार्यक्रममा उनले आफू समग्र मधेस र मधेसी समुदायको विकासका लागि अन्तिम समयसम्म लडिरहने बताए । सिरहा क्षेत्रनम्बर ५...