चुनाव महाभारतको लडाईं जस्तै : प्रचण्ड

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ८:२१ मा प्रकाशित

PushpaKamalDahalPrachandaसिरहा, २१ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासले गति नलिएसम्म सिराहाका जनतासँगै रहने बताएका छन् । आफू निर्वाचित सिरहा क्षेत्र नम्बर ५ मा शुक्रबार मतदाता भेटघाट कार्यक्रममा उनले आफू समग्र मधेस र मधेसी समुदायको विकासका लागि अन्तिम समयसम्म लडिरहने बताए ।

सिरहा क्षेत्रनम्बर ५ को गौतारीमा भएको कार्यक्रममा उनले संविधानसभा निर्वाचन महाभारतको लडाईं जस्तै भएको बताए । यस्तो अवस्थामा पनि आफूलाई जिताउने सबै मतदातालाई उनले धन्यवाद पनि दिए ।

निर्वाचनमा भएको धाँधली गरेर आफूहरुलाई पछाडि पारिएको भन्दै उनले धाँधली छानविनको माग गरे । नेपाली जनताले चुनावमा आफूले हालेको मत खोजिरहेको भन्दै प्रचण्डले सत्य तथ्य बाहिर ल्याउन पनि छानविन आयोग गठनको विकल्प नभएको धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us