समाचार

नक्कली कागजात बनाई दुई करोड झ्वाम

२०७० मंसिर २२ गते १०:१४

काठमाडौं २२ मंसिर- नवलपरासीमा रहेको सौभाग्य एण्ड पेट्रोल ग्यास प्रा.लिले शेयरका रुपमा लगानी गरेको रकम ठगी गरेको छ । अध्यक्ष अन्नपूर्ण तिमल्सिना र सस्थापक सदस्यको मिलेमतोमा पृथ्वीविलास कोइरालालगायतका व्यक्तिले लगानी गरेको दुई करोड चौध लाख रुपैयाँ ठगी गरेको पीडितहरुले दावी गरेका छन् । शनिबार...

६ सय २६ रोपनीको गाँजा नष्ट

२०७० मंसिर २२ गते १०:१३

उदयपुर, २२ मंसिर– प्रहरीले उदयपुरको पश्चिमी पहाडी गाविस तथा मध्य पहाडी गाविसमा लगायएका अवैध गाँजा खेती नष्ट गरेको छ ।अभियानका क्रममा  ६ सय २६ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको हो । मंसिर १४ गतेबाट इलाका प्रहरी कार्यालय कटारीको टोली र सशस्त्र प्रहरीको...

भ्यानको ठक्करबाट वृद्धको मृत्यु

२०७० मंसिर २२ गते ९:०१

भद्रपुर, २२ मंसिर– झापामा शनिबार बिहान मारुती भ्यानको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मे१च १३८२ नंको मारुती भ्यानले ठक्कर दिँदा अनारमणी–३ बस्ने ७० वर्षीय रामकृष्ण मण्डलको मृत्यु भएको हो । घाइते मण्डलको विर्तामोडस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी...

सडक बिस्तारको काम ढिलो गर्नेसँग सम्झौता तोडने सरकारको चेतावनी

२०७० मंसिर २२ गते ७:३७

काठमाण्डु, २२ मङ्सिर–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् काठमाण्डु उपत्यका सडक विस्तार उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाले विस्तारित बाटोको काम युद्धस्तरमा पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन । विस्तारित सडकको अनुगमनपछि उनले समयमा काम पूरा नगर्ने, ढिलासुस्ती गर्नेलाई कालोसूचीमा राखेर कारबाही अघि...

मध्यमाञ्चलका आठ सय उजुरी अख्तियारमा

२०७० मंसिर २२ गते ६:२८

हेटौँडा, २२ मङ्सिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले  आयोगमा दर्ता भएका एक हजारमध्ये ९६० उजुरीको अहिले अनुसन्धान गरिरहेको छ । आयोगले ४० वटा उजुरीको स्थलगतरुपमा छानबिन र थप अनुसन्धान गरेर फछ्र्याेट गर्ने जनाएको छ । आयोगका अनुसार क्षेत्रीय कार्यालयमा मध्यमाञ्चल विकास क्षेत्रका...

लोकतन्त्रका उपलब्धि संस्थागत गर्ने सङ्घर्ष जारी

२०७० मंसिर २२ गते ६:१०

काठमाण्डु, २२ मङ्सिर–नवनिर्वाचित सभासद् एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने सङ्घर्ष जारी रहेको बताएका छन । अमेरिकी सरकारको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम (आइभिएलपी) मा सहभागी भई स्वदेश फर्केका मुलुकका विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरूको सङ्गठन आइभि अलुम्नाई एसोसिएसन नेपाल(आइभान)ले शनिवार आयोजना...

जन्ती बोकेको बस पल्टिँदा ३३ घाइते

२०७० मंसिर २२ गते ६:००

दमौली, २२ मङ्सिर–तनहुँको पुर्कोट–३ बडहरेमा जन्ती बोकेको एउटा बस शुक्रबार राति सडक छेउमा पल्टिँदा ३३ जना घाइते भएका छन् भने दुई जना गम्भीर रहेका छन् । चितवनबाट जन्ती लिएर बेसी सहर जाँदै गरेको ग १ ख ४५१२ नंको बस दुर्घटनामा परी गम्भीर घाइते हुनेमा...

माओवादीलाई अदालत जान काँग्रेस महामन्त्री सिंहको सुझाव

२०७० मंसिर २२ गते ५:५४

काठमाण्डु, २२ मंसिर– कॉग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभा निर्वाचन परिणामप्रति असन्तुष्ट एकीकृत माओवादीलाई अदालत जान सुझाव दिएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा सिंहले निर्वाचनमा धाँधली भएको भन्ने आरोप लगाउनेले त्यसलाई पुष्टि गर्ने आधार दिन सक्नुपर्ने बताए । धाँधलीबारे जनतामा अनावश्यक अफवाह फलाउन...

सडक विस्तारमा भएको ढिलाइबारे अनुगमन

२०७० मंसिर २२ गते ४:३१

काठमाण्डु, २२ मंसिर– काठमाण्डु उपत्यकाको सडक विस्तारमा ढिलाइ भएपछि सरकारले अनुगमन तीव्र पारेको छ । मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा नेतृत्वको टोलीले अहिले राजधानीका विभिन्न स्थानमा सडक विस्तारकार्यको अनुगमन गरिरहेको छ । टोलीले काठमाण्डुको महाराजगञ्ज, गौशाला लगायत क्षेत्रको अनुगमन गर्ने बताइएको छ । गत...

राष्ट्रपतिको विवाद मिलाउन काँग्रेस–एमाले बैठक बस्दै

२०७० मंसिर २२ गते ३:३५

काठमाण्डु, २२ मंसिर– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे विवाद भएपछि काँग्रेस र एमाले समान धारणा कायम गर्ने प्रयासमा जुटेका छन् । त्यसका लागि आज दुई दलका शीर्ष नेताको बैठक बस्न लागेको छ । दिउँसो तीन बजेपछि बस्ने बताइएको बैठकको स्थान भने खुलाइएको छैन । बैठकमा...

आज विवाह पञ्चमी पर्व

२०७० मंसिर २२ गते २:४९

जनकपुर, २२ मंसिर–रामजानकी विवाह महोत्सव आज जनकपुरमा हर्षोल्लासका साथ मनाइंदै छ हरेक वर्ष मंसिर शुक्लपक्षका दिन राम र जानकीको स्वयंवर भएको विश्वासमा विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । विवाह पञ्चमीका अवसरमा जनकपुरको रामजानकीलगायत राम मन्दिरहरुमा बिहानैदेखि मेला लागेको छ । रामजानकी मन्दिरमा लाग्ने विशेष...

जिपको ठक्करबाट एकको मृत्यु

२०७० मंसिर २२ गते २:२४

झापा, २२ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको अनारमणिमा बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको जिपको ठक्करबाट स्थानीय रामकृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us