नक्कली कागजात बनाई दुई करोड झ्वाम

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १०:१४ मा प्रकाशित

काठमाडौं २२ मंसिर- नवलपरासीमा रहेको सौभाग्य एण्ड पेट्रोल ग्यास प्रा.लिले शेयरका रुपमा लगानी गरेको रकम ठगी गरेको छ । अध्यक्ष अन्नपूर्ण तिमल्सिना र सस्थापक सदस्यको मिलेमतोमा पृथ्वीविलास कोइरालालगायतका व्यक्तिले लगानी गरेको दुई करोड चौध लाख रुपैयाँ ठगी गरेको पीडितहरुले दावी गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गरि पीडित कोइरालाले नवलपरासीको प्रगतीनगर–७ मा रहेको सौभाग्य पेट्रोल एण्ड ग्यास प्रालि दर्ता नम्बर ६२५८३  कम्पनीमा २०६८ साल पुस यता साझेदारीमा कम्पनी सञ्चालन गर्न सहमति भए बमोजिम लगानी गरेको शेयर वापतको रकममा ठगी गरेको सार्वजनिक गरेका हुन् । उनले कम्पनी ऐनअनुसार पाउनु पर्ने शेयर धनी प्रमाणपत्र र अन्य शेयर लागत अभिलेख नक्कली बनाई ठगी गरिएको सार्वजनिक गरे ।

सौभाग्य एण्ड पेट्रोल ग्यास प्रा.लि मुख्य कारोबार राजधानीमा रहेका एस डेभलप्मेन्ट बैंकमा रहेको छ । उक्त ठगि प्रकरणमा एस डेभलपमेन्ट बैंकको समेत उत्तिकै भूमिका रहेको कोइरालाले दावी गरे । ग्यास कप्पनी लिलाममा निकालेको तर लिलामको प्रक्रिया पूरा नगरीकन बिक्रि गरेको आफू थप संकटमा परेको उनले बताए ।

कप्पनीका  अध्यक्ष अन्नपूर्ण तिमल्सिना र उनका श्रीमान अनिलकुमार तिमल्सिनामार्फत पटक–पटक गरी  शेयर वापत दुई करोड चौध लाख रुपैयाँ लगानी गरेको तर ग्याँस कम्पनीका अध्यक्ष लगायत कम्पनीका संस्थापक काठमाडौं निवासी राधिका पन्त घिमिरे, ललितपुरका विजयकुमार झाले नक्कली शेयर धनी प्रमाणपत्र दिएर ठगी गरेको उनको दावी छ ।

कार्यक्रममा उनलाई दिइएको नक्कली प्रमाणपत्र सार्वजनिक गरिएको थियो । सो कम्पनीमा लगानी उनले आफूसहित अन्य छिमेकीको घरजग्गा समेत धितो राखेको बताए । ‘मैले लगानी गर्न मेरो मात्र नभएर चितवनमा रेहेका अन्य मेरा आफन्त साथीभाइ लगायतको पनि घर जग्गासमेत बैंकमा राखेको छु’, पीडित कोइरालले भने ‘लोन लिई लगानी गरेको थिए, तर सौभाग्य एण्ड पेट्रोल ग्यास प्रा.लिका अध्यक्ष अन्नूर्र्ण तिमल्सिना र उनका श्रीमान अनिल कुमार तिमल्सिनाको मिलोमतोमा आज म देशमा नै केही गर्न चाहने युवा बर्बाद हुन पुगेको छु । आर्थिक र मानसिक तानव झेल्न बाध्य भएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us