सडक विस्तारमा भएको ढिलाइबारे अनुगमन

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ४:३१ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– काठमाण्डु उपत्यकाको सडक विस्तारमा ढिलाइ भएपछि सरकारले अनुगमन तीव्र पारेको छ ।
मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा नेतृत्वको टोलीले अहिले राजधानीका विभिन्न स्थानमा सडक विस्तारकार्यको अनुगमन गरिरहेको छ ।
टोलीले काठमाण्डुको महाराजगञ्ज, गौशाला लगायत क्षेत्रको अनुगमन गर्ने बताइएको छ ।

गत असोजसम्म विस्तारकार्य सक्ने लक्ष्य भए पनि अहिलेसम्म काम नसकिएपछि सरकारले अनुगमन थालेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us