
भद्रपुर, २२ मंसिर– झापामा शनिबार बिहान मारुती भ्यानको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मे१च १३८२ नंको मारुती भ्यानले ठक्कर दिँदा अनारमणी–३ बस्ने ७० वर्षीय रामकृष्ण मण्डलको मृत्यु भएको हो । घाइते मण्डलको विर्तामोडस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
ठक्कर दिएर फरार भएको उक्त भ्यानका चालकलाई मोरङको पथरीमा प्रहरीले नियन्त्रणमा लिएको छ ।