काठमाण्डु, २४ मंसिर–निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका सभासदहरुको नामावली छनोट गर्न राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले मंगलबारभित्र समानुपातिक सभासदहरुको सूची बुझाउन भनेकाले दलहरु विहानैदेखि छलफलमा व्यस्त भएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले लगायत...
चितवन, २३ मंसिर– जिप्रका चितवनले पक्राउ गरेको पौडेललाई दुवै माओवादीले आफ्नो कार्यकर्ता भएको भन्दै रिहाइको माग गरेका छन् । अजिव उपनामबाट चिनिने भरतपुर नगरपालिका–९ शरदपुर घर भएका पौडेल पार्टी एक हुँदा बुद्धिजीवी संगठनका जिल्ला सदस्य थिए । दुवै माओवादीले पक्राउ लगतै छुट्टाछुट्टै विज्ञप्ति जारी...
काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले उपभोक्तालाई उचित मूल्यमा ताजा फलफूल तथा तरकारी उपलब्ध गराउन निर्देशन दिएका छन् । सचिव बाँस्कोटा नेतृत्वको टोलीले आइतबार कालीमाटी तथा फलफूल बजारको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले स्वस्थ तरकारी बिक्री...
विराटनगर, २३ मंसिर– मदिरा सेवनबाट यहाँका दुई व्यक्ति गम्भीर रुपमा बिरामी परेका छन् । बिरामी भएकाहरु कटहरी–८ निवासी वर्ष २२ का सतन क्रृषिदेव र सोही ठाउँ बस्ने वर्ष १९ का सत्यनारायण क्रृषिदेव हुन् । कटहरीको एक मदिरा पसलमा मदिरा सेवन गरिरहेका दुवैजना अचेत भएका...
काठमाण्डु, २३ मंसिर– प्रमुख दलका नेताहरुले परम्परागत तवरले भन्दा नौलो र समयानुकुल परिस्थितिअनुसार मुलुकमा समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल भेनेजुएला ऐक्यवद्धता सञ्जालले आइतबार गरेको भेनेजुएलाका पूर्व राष्ट्रपति ह्यूगो चाभेजको श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले विश्वभर सफल भएको समाजवादी आन्दोलनको अन्ध नक्कलभन्दा...
काठमाण्डु, २३ मंसिर– संविधानसभा अदालतले काठमाण्डु क्षेत्र नं ४ का विजयी उम्मेदवार गगन थापालाइ १० दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । एकीकृत नेकपा माओवादीका उम्मेदवार नन्दकिशोर पुन पासाङले धाँधलीबाट चुनाव जितेको भन्दै गरेको उजुरीको सुनुवाई गर्दै थापालाई सो अदालतले आइतबार उपस्थितिको आदेश...
काठमाण्डु, २३ मंसिर– एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई समाधान गर्न तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेका छन् । उनले आयतबार प्रेस विज्ञप्तिमार्फत जनयुद्वकालीन समयमा भएका सबै घटनाको जिम्मेवारी तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद्को प्रमुखको...
काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचनमा उदयपुर–२ मा भएको अन्तर्घात बारे पार्टीले छानबिन नगरे काँग्रेस जिल्ला समिति उदयपुरका सम्पूर्ण पदाधिकारीहरुले राजीनामा दिने चेतावनी दिएका छन् । जिल्ला अनुशासन समितिले नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति विदुर बस्नेत, महासमिति सदस्य केशव बस्नेत र उदयपुर–२ का क्षेत्रीय सभापति...
काठमाण्डु, २३ मंसिर– पुराना राजनीतिज्ञ माधव रिमालले लोकतन्त्रमा सर्व सहमतिको सरकार बनाउनै नहुने जिकिर गरेका छन् । पूर्वकुटनीतिज्ञ समेत रहका उनले बहुमतको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । एकीकृत नेकपा माओवादीलाई कुनै पनि हालतमा सरकारमा ल्याउन नहुने तर्क गर्दै निर्वाचनमा केही धाँधली हुनु...
काठमाण्डु, २३ मंसिर– युरोपेली आर्थिक, व्यापार, वाणिज्य तथा उद्योग संघले नेपालमा दर्ता भएका हवाइजहाजलाई युरोपेली राष्ट्रमा प्रतिबन्ध लगाइएपछि आएको समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । संघका अध्यक्ष विनायक शाहले सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणसंग सहकार्य गरी नेपाललाई युरोपेली राष्ट्रको नकारात्मक सूचीबाट हटाउन...
काठमाण्डु, २३ मंसिर–नेकपा एमालेले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने एकीकृत माओवादीको आशंका निवारण गर्न संविधानसभाबाटै छानविन समिति गठनको प्रस्ताव गरेको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगी एमाले नेताहरुले आइतबार यस्तो प्रस्ताव राखेका हुन् । निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको माओवादीले धाँधली छानविनका...
बाँके, २३ मंसिर– स्थानीयले आज नेपालगन्ज रंगशालामा मूलढोकामा तालाबन्दी गरेका छन् । रंगशालामा प्रवेश शुल्क लगाइएपछि आन्दोलित बनेका स्थानीयले तालाबन्दी गरेका हुन् । क्षेत्रीय खेलकुद विकास समितिले एक हप्ताभित्र माग पूरा गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएपछि आन्दोलन चर्काउनुपरेको संघर्ष समितिका संयोजक...