समाचार

मध्यपश्चिममा ८६१ मानवअधिकार उल्लङ्घनका घटना

२०७० मंसिर २५ गते ६:०६

नेपालगन्ज, २५ मंसिर–राष्ट्रिय मानवअधिकार आयोगको तथ्याङ्कअनुसार गत छ महिनाको अवधिमा मध्यपश्चिममा ८६१ मानवअधिकार उल्लघङ्नका घटना भएका छन् । गत वैशाखदेखि कात्तिकसम्म मध्यपश्चिमान्चलका १५ जिल्लामा हत्या, ज्यान मार्ने उद्योग, यातना, दुव्र्यहार, बलात्कार, जग्गा तथा बालीनाली कब्जा, लुटपाट, महिला तथा बालहिंसा, भेदभावलगायतका मानवअधिकार उल्लघङ्नका घटना भएका...

राष्ट्रपति फेर्नु पर्दैन : मसाल

२०७० मंसिर २५ गते ५:२३

काठमाण्डु, २५ मंसिर–नेकपा मसालले नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति फेर्न नपर्ने जनाएको छ । यही मंसिर २० देखि २४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले विभिन्न १२ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै राष्ट्रपति र उपराष्ट्रपति फेर्न नपर्ने निष्कर्ष निकालेको हो । ‘अन्तरिम संविधानमा संविधान जारी...

जलेश्वर बजार बन्द

२०७० मंसिर २५ गते ५:०६

गौशाला, २५ मंसिर–प्रहरीले सामान बरामद गरेको विरोधमा महोत्तरी सदरमुकाम जलेश्वर बजार मंगलबार स्थानीयले बन्द गराएका छन् । गएराति एक जनकपुरबाट जलेश्वर आउने क्रममा प्रहरीले जलेश्वरस्थित सन्तोष किराना स्टोर्सका सरसामान सलहेश मन्दिर अगाडि अवैध भन्दै समातेको विरोधमा बिहानैदेखि स्थानीय बासिन्दाले जलेश्वर बजार बन्द गराएका हुन्...

प्रचण्ड र राष्ट्रसंघ नेपाल प्रमुखबीच भेटवार्ता

२०७० मंसिर २५ गते ४:२७

काठमाण्डु, २५ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि जेमी म्याक गोल्डरिकबीच मंगलबार विहान भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफल समसामयीक राजनीतिक परिस्थितिमा केन्द्रित थियो । छलफलमा गोल्डरिकले संविधानसभामा सहभागीताबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले...

नेपाल बारको बैठक चितवनमा

२०७० मंसिर २५ गते ४:०७

चितवन, २५ मंसिर–नेपाल बार एशोसिएसनको ४१ औं कार्यकारणी परिषदको बैठक मंगलबार चितबनमा हुदैछ । विहान ११ बजेपछि भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा सुरु हुने बैठकको नेपाल बार एसोसिएसनका अध्यक्ष बरिष्ठ अधिबक्ता हरिकृष्ण कार्कीले एक समारोहका विच उदघाटन गर्ने चितवन बारका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए...

महिला हिंसा विरुद्धको १६ दिने अभियान सकिदै

२०७० मंसिर २५ गते ३:५८

काठमाण्डु, २५ मंसिर– महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार सम्पन्न हुँदै छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं’ भन्ने नारा सहित गत नोभेम्बर २५ देखि अभियान शुरु भएको थियो । १६ दिनभरी नै...

वैद्यको प्रतिवेदनमा आज पनि छलफल

२०७० मंसिर २५ गते ३:१५

काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार पनि अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा छलफल हुने भएको छ । पार्टीको आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रस्तावमा समूहगत छलफलका साथै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम पनि जारी रहने माओवादीले जनाएको छ । अध्यक्ष वैद्यको राजनीतिक...

एमाले केन्द्रीय कमिटी बैठक जारी

२०७० मंसिर २५ गते ३:०५

काठमाण्डु, २५ मंसिर–समानुपातिक सभासदको सूची तयार पार्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दै छ । बैठकबाट सभासद छनौटको मापदण्ड बनाएर सूची तयार पार्ने एमालेले जनाएको छ । सचिव युवराज ज्ञवालीले दिउँसो एक बजे बस्ने बैठकमा सभासद छनोट, आगामी महाधिवेशन, अध्यक्ष झलनाथ खनालको...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बुधबारदेखि काठमाण्डुमा

२०७० मंसिर २५ गते २:३४

काठमाण्डु, २५ मङ्सिर-अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले बुधबारदेखि आगामी मङ्सिर ३० सम्म काठमाण्डुमा हुनेभएको छ ।  सो महोत्सवमा लागि ५० मुलुकबाट ३०० वटा चलचित्र प्राप्त भएको र नेपालमा बनेको ५५ वटा चलचित्र समावेश हुनेछन । महोत्सव आयोजक संस्थाका किफका अध्यक्ष बसन्त थापाले महोत्सवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा...

माओवादीका कार्यकर्ता धरौटीमा रिहा

२०७० मंसिर २५ गते २:३०

चितवन २५ मंसिर– चितवनको नारायणगढ–मुग्लीन सडक खण्डको कविलासमा गुडीरहेको बसमा पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका एक कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । गत कात्तिक २६ गते सो घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शक्तिखोरका २८ वर्षीय छलाङ उपनामका...

अन्तराष्ट्रिय मानव अधिकार दिवस आज

२०७० मंसिर २५ गते २:०८

काठमाण्डु, २५ मंसिर–६५ औं मानव अधिकार दिवस मंगलबार विश्वभर मनाइदै छ । ६४ बर्षअघि १० डिसेम्बरको दिन संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । यसैको सम्झनामा हरेक बर्ष १० डिसेम्बरको दिन विश्वभर मानवअधिकार दिवस मनाउने गरिन्छ । नेपालमा मानवअधिकारको क्षेत्रमा क्रियाशील...

श्रीमान लिन आएपछि श्रीमतीले गरिन् आत्महत्या

२०७० मंसिर २४ गते १४:१९

रौतहट, २४ मंसिर– घर लैजानका लागि श्रीमान लिन आउँदा माइतमा बस्दै आएकी एक महिलाले रौतहटमा आत्महत्या गरेकी छिन् । विवाह भएको सात महिनापछि घर भित्र्याउन आइतबार साँझ श्रीमान माइत बस्दै आएकी श्रीमती लिन गएका थिए । विवाह भएपछि केही महिनाका लागि श्रीमानले श्रीमतीलाई माइती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us