महिला हिंसा विरुद्धको १६ दिने अभियान सकिदै

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ३:५८ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार सम्पन्न हुँदै छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं’ भन्ने नारा सहित गत नोभेम्बर २५ देखि अभियान शुरु भएको थियो ।

१६ दिनभरी नै महिला हिंसा विरुद्धका बिभिन्न जनचेतनामूलक कार्यक्रम भएका छन् ।

यस्तो अभियान हरेक बर्ष हुने गरे पनि हिंसा रोकिएका छैनन् । पीडितलाई छिटो न्याय दिने, पीडकलाई कारवाही गर्ने र सुरक्षा संयन्त्रको विकास तथा विस्तार हुन नसक्दा समस्या समाधान हुन नसकेको अधिकारकर्मीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us