नेपाल बारको बैठक चितवनमा

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ४:०७ मा प्रकाशित

Nepal-Bar-Associationचितवन, २५ मंसिर–नेपाल बार एशोसिएसनको ४१ औं कार्यकारणी परिषदको बैठक मंगलबार चितबनमा हुदैछ । विहान ११ बजेपछि भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा सुरु हुने बैठकको नेपाल बार एसोसिएसनका अध्यक्ष बरिष्ठ अधिबक्ता हरिकृष्ण कार्कीले एक समारोहका विच उदघाटन गर्ने चितवन बारका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

अब बन्ने नयाँ संविधान मानव अधिकार मैत्री बनाउन एशोसिएसनले खेल्ने भुमिकामा बैठक केन्द्रित हुने श्रेष्ठले बताए । देशभरका  ८६ वटा बार एशोसिएसनका करिब एक हजार प्रतिनिधि बैठकमा सहभागी हुने छन् ।

परिषद बैठक उदघाटनको पूर्व सन्ध्यामा भरतपुरको चौविसकोठीबाट प्रभातफेरि निकालिएको छ । चितवन घोषणापत्र जारी गर्दै बैठक बुधबार सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us